विश्वकप फुटबल शुरु हुने बेलामा प्रमुख वालेटहरुको सेवा ‘डाउन’

  • Technology Khabar | ४ मंसिर २०७९, आईतवार
विश्वकप फुटबल शुरु हुने बेलामा प्रमुख वालेटहरुको सेवा ‘डाउन’

काठमाडौं ।

विश्वकप फुटबल शुरु हुनै लाग्दा पेमेन्ट सेवाहरुको सेवामा अवराेध आएको छ। कम्पनीहरुमार्फत अतिरिक्त शुल्क तिर्न सकिने व्यवस्था भएपनि ग्राहकहरुले चर्चामा रहेका कुनैपनि पेमेन्ट वालेटबाट रकम भुक्तानी वा प्राप्त गर्न सकेका छैनन्।

जसको बारेमा उनीहरुले सामाजिक संजालमा समेत गुनासो गरेका छन्। अधिकांशले ईसेवा र खल्तीका सेवाहरु किन डाउन भएको भनेर जानकारी माग गरिरहेका छन्।

तर सेवा प्रदायकहरुले भने कुनै जानकारी दिन सकेका छैनन्।

विश्वकप फुटबल अहिले ९४५ बजेदेखि शुरु हुँदैछ भने विभिन्न आईपिटिभीमार्फत प्रिमियम रकम तिरेर हेर्न पाईने छ। यसको लागि सेवा प्रदायकहरुले ५ सय भन्दा माथि रकम तोकेका छन्।

प्रकाशित: ४ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार