नागरिक एपबाट मतदाता क्रमसंख्या र मतदान केन्द्र कसरी पत्ता लगाउने ? यस्तो छ तरिका

  • Technology Khabar | ३ मंसिर २०७९, शनिबार
नागरिक एपबाट मतदाता क्रमसंख्या र मतदान केन्द्र कसरी पत्ता लगाउने ? यस्तो छ तरिका

काठमाडौं ।

निर्वाचन आयोगले नागरिक एपबाट समेत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७८ का लागि मतदाताको जानकारी र मतदान केन्द्रको जानकारी पाईने बताएको छ।

आयोगले कसरी नागरिक एपबाट मतदाता क्रमसंख्या र मतदान केन्द्र पत्ता लगाउने भन्ने जानकारी समेत दिएको छ।

तपाईँको स्मार्टफोनमा पनि नागरिक एप छ र त्यो भेरिफाइ भईसकेको छ भने यसरी तल उल्लेख गरेअनुसार नागरिक एपबाट मतदाता क्रमसंख्या र मतदान केन्द्र पत्ता लगाउन सकिन्छ।

नागरिक एपबाट मतदाता क्रमसंख्या र मतदान केन्द्र कसरी पत्ता लगाउने ?

  • नागरिक एपमा आफ्नो मतदाता परिचय पत्र लिंक गर्नुहोस्।
  • भोटर आइडी र जन्म मिति मात्र भएपनि मतदाता क्रमसंख्या र मतदान केन्द्र हेर्न सकिन्छ।
  • मतदाता परिचयपत्र बटनमा थिच्नुहोस्। उक्त स्क्रिनको दायाँपट्टि फोटोको माथि तपाईंको मतदाता क्रमसंख्या (क्र.स.) र अन्तिम लाइनमा तपाईंले मतदान गर्ने मतदान केन्द्रको नाम उल्लेख भएको हुन्छ।
  • कुन लाइनमा तपाईं बस्नु पर्ने हो सो मतदान केन्द्रको विवरण देखिनेछ। तलपट्टि गुगल म्याप आइकन देखिन्छ। त्यसमा टच गर्दा आफ्नो मतदान केन्द्रको ठेगाना देखिनेछ (यदि मतदान स्थल जीपीएस विवरण उपलब्ध भएमा)।
  • नागरिक एपमा देखिने म्याप आयोगमा रहेको विवरण अनुरुप हो। कुनै मतदान स्थल सरेको भएमा त्यो परिवर्तन पनि भएको हुनसक्छ। केन्द्र परिवर्तन भई गुगल म्यापमा केन्द्र नदेखिए/नमिले स्थानीय स्तरबाट यकिन गरी मतदान गर्नुहोस्।
  • एपबाट वास्तविक क्रमसंख्या उपलब्ध हुनेछ। यो क्रमसंख्या मतदान गर्न जाँदा उपयोग गर्न सकिन्छ तर यो नै मतदाता परिचयपत्र होइन्। मतदानका लागि मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने परिचयपत्र साथमै लैजानु पर्नेछ।

स्मरणरहोस् नागरिक एप प्रयोग गर्नका लागि तपाईँको स्मार्टफोनमा प्रयोग गरिएको सिमकार्ड तपाईँकै नाममा आधिकारीक भएको हुनुपर्नेछ ।अर्थात उक्त सिमकार्ड तपाईँको नाममा नै टेलिकम कम्पनीहरुबाट जारी गरिएको हुनुपर्नेछ। नत्र नागरिक एप भेरिफाई गर्न र प्रयोग गर्न सकिँदैन्।

प्रकाशित: ३ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार