भारतको मोबाइल उद्योग समान चार्जरको चरणबद्ध रोलआउटका लागि सहमत

  • Technology Khabar | १ मंसिर २०७९, बिहीबार
भारतको मोबाइल उद्योग समान चार्जरको चरणबद्ध रोलआउटका लागि सहमत

काठमाडौं ।

भारतमा स्मार्टफोन कम्पनीहरू र उद्योग संगठनहरू सबै इलेक्ट्रोनिक उपकरणहरूको लागि एक समान चार्जिंग पोर्टको चरणबद्ध रोलआउट गर्न सहमत भएका छन्।

भारतको उपभोक्ता मामिला मन्त्रालयले बुधबार वेयरेबल वस्तुहरूको लागि एकसमान चार्जिङ पोर्टहरूको सम्भाव्यता परीक्षण गर्न एउटा उप-समूह स्थापना गरिने बताएको छ।

उपभोक्ता मामिला सचिव रोहितकुमार सिंहको अध्यक्षतामा बसेको अन्तरमन्त्रालय कार्यदलको बैठकले यस्तो निर्णय गरेको भारतीय मिडियाहरुले जनाएका छन्।

बैठकमा विभिन्न शैक्षिक संस्थाहरूका साथै केन्द्र सरकारका मन्त्रालयहरू, वातावरण मन्त्रालयलगायतका उद्योग संघका प्रतिनिधिहरू बैठकमा सहभागी थिए।

“सरोकारवालाहरूले साझा चार्जिङ पोर्टको चरणबद्ध रोल-आउट सञ्चालन गर्न सकिने कुरामा सहमति जनाए जसले गर्दा उद्योगले यसलाई लागू गर्न सकोस् र उपभोक्ताहरूले समानुपातिक रूपमा अपनाउन सकून्,” आधिकारिक विज्ञप्तिमा भनिएको छ।

बैठकमा स्मार्टफोन, ट्याब्लेट, ल्यापटप जस्ता इलेक्ट्रोनिक उपकरणका लागि यूएसबी टाइप सीलाई चार्जिङ पोर्टकारूपमा अवलम्बन गर्ने विषयमा सरोकारवालाहरूबीच व्यापक सहमति भएको थियो। साथै, फिचर फोनका लागि फरक चार्जिङ पोर्ट अपनाउन सकिने विषयमा पनि छलफल भएको उल्लेख गरिएको छ।

यसका साथै भारतको उपभोक्ता मामिला विभागले वेयरेबल डिभाइसको लागि समान चार्जिङ पोर्टको सम्भाव्यता परीक्षण गर्न उपसमूह गठन गर्ने निर्णय गरेको छ। उप-समूहमा उद्योग निकाय, शैक्षिक संस्था आदिका प्रतिनिधिहरू समावेश हुनेछन्।

त्यसैगरी ई-वेस्टको सन्दर्भमा इलेक्ट्रोनिक उपकरणहरूमा एकसमान चार्जिंग पोर्टहरूको सम्भावित प्रभाव मूल्याङ्कन र परीक्षण गर्न वातावरण मन्त्रालयले प्रभाव अध्ययन गर्न सक्ने उल्लेख छ।

प्रकाशित: १ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार