क्वालकमको साउन्ड प्लेटफर्ममा दुई नयाँ चिप क्वालकम एस५ जेन २ र क्वालकम एस३ जेन २ थप

  • Technology Khabar | १ मंसिर २०७९, बिहीबार
क्वालकमको साउन्ड प्लेटफर्ममा दुई नयाँ चिप क्वालकम एस५ जेन २ र क्वालकम एस३ जेन २ थप

काठमाडौं ।

क्वालकमले स्न्यापड्रागन समिट २०२२ हवाईमा धेरै नयाँ एसओसीएस सार्वजनिक गरेको छ।

स्मार्टफोनका लागि उच्च-प्रतीक्षित स्न्यापड्रागन ८ जेन २ फ्ल्यागशिप चिपसेटसँगै, कम्पनीले नेक्स्ट-जेन एआर स्मार्ट ग्लासका लागि स्न्यापड्रागन एआर२ जेन १ र प्रिमियम वायरलेस अडियो गियरका लागि क्वालकम एस३ जेन २ र क्वालकम एस५ जेन २ घोषणा गरेको छ।

नयाँ क्वालकम एस३ जेन २ र क्यावलकम एस५ जेन २ साउन्ड प्लेटफर्महरुले क्वालकम एस३ र क्वालकम एस५ साउन्ड प्लेटफर्महरु पछ्याउँछन्। यो कम्पनीले यस वर्षको शुरुमा एमडब्ल्यूसीमा घोषणा गरेको थियो।

नयाँ साउन्ड प्लेटफर्महरु कम्पनीको आजसम्मको सबैभन्दा उन्नत ब्लुटुथ अडियो प्लेटफर्म भएको क्वालकमको दाबी छ। यसले स्न्यापड्रागन साउन्ड टेक्नोलोजी सपोर्ट गर्नुका साथै नयाँ स्न्यापड्रागन ८ जेन २ एसओसीसँग काम गर्न अप्टिमाइज गरिएको छ।

अडियो प्लेटफर्महरूले स्न्यापड्रागन साउन्डमा नयाँ प्रिमियम फिचरहरु ल्याएको छ। जसमा गतिशील हेड-ट्र्याकिङको साथ स्थानिक अडियो, सुधारिएको हानिरहित संगीत स्ट्रिमिङ, र ल्याग-फ्री गेमिङका लागि फोन र इयरबडहरू बीच ४८एमएस ल्याटेन्सी समावेश छ।

यी फिचरहरुले क्वालकम एस३ जेन २ र क्वालकम एस५ जेन २ ले तेस्रो जेन क्वालकम एडाप्टिभ एक्टिभ नाइज क्यान्सलेसनलाई सपोर्ट गर्दछ। नयाँ अडियो प्लेटफर्महरूमा एडप्टिप एएनसी टेक्नोलोजीमा अटोमेटिक स्पीच पत्ता लगाउन एडप्टिप ट्रान्सपरेन्सी मोड दिइएको छ।

प्रकाशित: १ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...