
काठमाडौं ।
विज्ञापन राजस्व उत्पन्न गर्न ट्विटरलाई ठूलो समस्या पर्ने देखिएको छ।
विश्वको सबैभन्दा ठूलो विज्ञापन कम्पनी र ट्विटरमा सबैभन्दा धेरै गर्ने गर्ने मध्येको एक ‘ग्रुपएम’ (डब्ल्यूपीपीको हिस्सा)ले आफ्ना ग्राहकहरुलाई प्लेटफर्ममा विज्ञापन गर्न उच्च जोखिम भएको भनेको प्लेटफर्मर डिजिडेले उल्लेख गरेको दभर्जले लेखेको छ।
आईपीजी र ओम्रिकम मिडिया ग्रुप दुबैले प्लेटफर्ममा विज्ञापनहरु रोक्न सिफारिस गरेपछिे ठूलो कर्पोरेटहरुलाई आफ्नो पैसा अन्यत्र लैजानु भन्ने तेस्रो विज्ञापनदाता बनेको छ।
गुगल, एलओरियल, बायर, नेस्ले, यूनिलिभर, कुक र मार्सलगायत कम्पनीसँग ग्रुपएमले काम गर्दै आइरहेको छ।
इनल मस्कले ट्विटर खरिद गरेपछि उनका विभिन्न गतिविधिबाट ग्रुपएम चिन्तित रहेको छ। ठूलो संख्यामा ट्विटरमा कार्यकारीहरुले छोडेको वा हटाइएका (यसबाट सेफ्टी, सेक्यूरिटी र कम्प्लाइन्स), ट्विटरको ब्लू टिक भेरिफिकेसनका लागि शुल्क उठाउने लगायतका गतिविधि मस्कबाट आएकाले ग्रुपएम चिन्तित भएको हो।
संघीय व्यापार आयोगको आदेश पालना गर्न पनि ट्विटर सक्षम नहुने हो कि भन्ने पनि चिन्ता देखिएको छ।
प्रकाशित: ३० कार्तिक २०७९, बुधबार