टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूब एक दिनमा २०० यूनिट डेलिभरी

  • Technology Khabar | ३० कार्तिक २०७९, बुधबार
टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूब एक दिनमा २०० यूनिट डेलिभरी

काठमाडौं ।

टीभीएसले आईक्यूब इलेक्ट्रिक स्कुटर एक दिनमा २०० यूनिट डेलिभरी गरेको छ। कम्पनीले नोभेम्बर १३ मा दिल्लीमा मेगा डेलिभरी इभेन्ट आयोजना गरेको थियो।

कम्पनीले दिल्लीमा टीभीएस आईक्यूब र आईक्यूब एस भेरियन्ट २०० भन्दा धेरै यूनिट ग्राहकलाई हस्तान्तरण गरेर शहरमा २ हजार यूनिटभन्दा धेरै यूनिट डेलिभरी गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कम्पनले यस वर्षको शुरुवातमा भारतमा आईक्यूब इलेक्ट्रिक सिरिजमा नयाँ रेन्जका तीन भेरियन्ट आईक्यूब, आईक्यूब एस र आईक्यूब एसटी सार्वजनिक गरेको छ। इलेक्ट्रिक स्कुटर ११ रंग र तीन चार्जिङ विकल्पमा उपलब्ध छ।

आईक्यूबको मूल्य ९९ हजार १३० भारु र आईक्यूब एसको मूल्य १ लाख ४ हजार १२३ भारु (अन रोड, दिल्ली एनसीआर, फेम टु र राज्य सब्सिडी सहित) तोकिएको छ।

यस भेरियन्टमा ३.४ किलोवाटको ब्याट्री दिइएको छ भने फुल चार्जमा १०० किलोमिटर रेन्ज प्रदान गर्छ। इलेक्ट्रिक स्कुटरमा ७ इन्चको टीएफटी डिस्प्ले, एचएमआई कन्ट्रोल र रिभर्स पार्किङ लगायत फिचर छ।

टीभीएस आईक्यूब एसटी टीभीएस टप भेरियन्ट हो। जसमा ५.१ किलोवाटको ब्याट्री छ। जसले फुल चार्जमा १४० किलोमिटर रेन्ज प्रदान गर्छ।

आईक्यूब एसटीको मूल्य हालसम्म सार्वजनिक गरिएको छैन। तर ९९९ भारुमा बुकिङ गर्न सकिन्छ।

प्रकाशित: ३० कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...