
काठमाडौं ।
काठमाडौं, २२ वैशाख । मेक्सिकोका एक विद्यार्थीले एक विशेष किसिमको ब्रा बनाएका छन जसले स्तन क्यान्सर भए नभएको पत्ता लगाउन सक्ने दाबी गरिएको छ । यो ब्रालाई ‘ईवा ब्रा’ (Eva Bra) नाम राखिएको छ ।
१८ वर्षिय जूलियन रिओस चांटुले यो ब्रा तयार पारेका हुन् । उनकाअनुसारर यो ब्रा स्तन क्यान्सरको लक्षणहरुको बारेमा पहिलै सूचना दिएर सर्तक बनाउने छ ।
यो ब्रा निर्माण गर्ने विद्यार्थीलाई मेक्सिकोका राष्ट्रपतिले पनि बधाई दिईसकेका छन्।
यो ब्रालाई जूलियनले आफ्ना तीन साथीहरुका साथमा मिलाएर तयार पारेका हुन । तर यसको पुरै परिक्षण हुन भने बाँकी रहेको बताईएको छ ।
कसरी पत्ता लगाउँछ क्यान्सर
क्यान्सर युक्त ट्यूमरमा रक्त प्रवाह बढ्ने कारण छालाको तापमान बढछ । ईवा ब्राको बायोसेन्सर तापमान मापन गर्दछ । र पुन यो एउटा एपमा जोडिएको हुन्छ । यसमा जे परिवर्तन आउँछ त्यसको बारेमा अग्रिम जानकारी ईवा ब्रा लगाएको व्यक्तिलाई दिनेछ ।
एक हप्तामा यो ब्रालाई कम्तिमा ६० देखि ९० मिनेटसम्म लगाउनुपर्नेछ, त्यसपछि मात्र यसले सहि अलर्ट गर्नेछ।
जूलियनकाअनुसार ब्राको भित्रीभागमा राखिएको सेन्सरले हरेक क्षण स्तनको समान स्थितीको बारेमा मापन गर्नेछ।
अहिलेसम्म यो ब्रा प्रारम्भिक चरणमा रहेको छ । अहिलेसम्म यसको पुरै परिक्षण हुन बाँकी छ । मेडिकल साइन्सले पनि यसको पुष्टि गरिसकेको छैन्।
प्रकाशित: २२ बैशाख २०७४, शुक्रबार