सामसङ ग्यालेक्सी जेड फोल्ड ५ फोन एस पेन स्लटका साथ लन्च हुने

  • Technology Khabar | २१ कार्तिक २०७९, सोमबार
सामसङ ग्यालेक्सी जेड फोल्ड ५ फोन एस पेन स्लटका साथ लन्च हुने

काठमाडौं ।

सामसङ ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन यस वर्ष अगस्टमा लन्च गरिएको थियो। यो फोन यसको अघिल्लो संस्करण भन्दा राम्रो डिजाइन, प्रोसेसर र क्यामरा विशेषताहरुसंग आएको थियो। यति हुँदाहुँदै पनि फोनमा एउटा कमजोरी थियो। यो फोल्ड गर्न मिल्ने फोनमा सामसंग एस-पेन स्टाइलस स्लट प्रदान गरिएको थिएन।

कम्पनीले यो कमीलाई आफ्नो नेक्स्ट जेनरेशनको फोल्डेबल फोन सामसङ ग्यालेक्सी जेड फोल्ड ५ बाट पूरा गर्ने जानकारी पछिल्लो रिपोर्टमा आएको छ।

दक्षिण कोरियाली प्रकाशन द इलेकका अनुसार कम्पनीले सामसङ ग्यालेक्सी जेड फोल्ड ५ स्मार्टफोनमा आफ्नो एस पेन स्लट दिने भएको छ । यसअघि कम्पनीले नोट सिरिजका फोनहरूमा एस पेन स्लट उपलब्ध गराउँदै आएको थियो तर सिरिज बन्द भएपछि ग्यालेक्सी एस सिरिजमा एस पेन सपोर्ट पाएको थियो । सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा फोन एस पेनसंग आयो। अब यो फ्ल्यागशिप फिचर फोल्ड ५ सँग पनि दिइनेछ।

यसबाहेक, यो फोल्डेबल फोन अघिल्लो मोडलको तुलनामा पातलो र हल्का पनि हुनेछ। अहिलेको सामसंग ग्यालेक्सी जेड फोल्ड ४ फोन फोल्ड गरेपछि १५.८ एमएम मोटो हुन्छ।

यसका साथै, यसको तौल २५० ग्राम छ। एस पेन स्लट थप्दा पनि कम्पनीले आफ्नो नयाँ फोनलाई कसरी हल्का बनाउनेछ भनेर हेर्न चाखलाग्दो हुनेछ।

आगामी फोल्डेबल फोनमा सुधारिएको क्यामरा फिचर पनि दिन सकिन्छ । ग्यालेक्सी जेड फोल्ड ४ मा ५० एमपी प्राथमिक क्यामरा, १२ एमपी अल्ट्रा-वाइड सेन्सर, र १० टेलिफोटो लेन्स छ। समाचारका अनुसार सामसङ ग्यालेक्सी जेड फोल्ड ५ फोनमा २०० एमपी क्यामरा पाउन सकिन्छ ।

यो पनि भनिएको छ सामसङ ग्यालेक्सी जेड फोल्ड ५ फोनमा क्रिज पहिलेको भन्दा धेरै कम हुन सक्छ। यो फोन सन् २०२३ को दोस्रो हाफमा लन्च गर्न सक्नेछ, तर त्यो भन्दा पहिले ग्यालेक्सी एस२३ सिरिज लन्च हुनेछ।

प्रकाशित: २१ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार