काठमाडौं ।
क्रिप्टो एक्सचेन्ज प्लेफर्म बाइनान्सले इरानलाई विश्वव्यापी वित्तीय प्रणालीबाट अलग गर्ने उद्देश्यले अमेरिकी प्रतिबन्धहरुको बावजुत ८ अर्ब अमेरिकी डलर बराबरको कारोबार गर्ने अनुमति दिइएको छ।
बाइनान्सले सन् २०१८ देखि इरानलाई ८ अर्ब अमेरिकी डलर बराबरको कारोबार गर्न मद्दत गरेको ब्लकचेन डाटामा देखिएको रोयटर्सले उल्लेख गरेको छ।
करिब ७.८ अर्ब अमेरिकी डलर बराबरको रकम बाइनान्स र इरानको ठूलो क्रिप्टो एक्सचेन्ज नोबिटेक्सबीच प्रवाह भएको अमेरिकी ब्लकचेन अनुसन्धानकर्ता चेनएनलाइसिसको डाटा समीक्षामा देखिएको छ।
नोबिटेक्सले कसरी प्रतिबन्धहरु स्कर्ट गर्ने भन्ने बारेमा आफ्नो वेबसाइटमा मार्गनिर्देशन गरेको छ। बाइनान्स मार्फत पारित भएको इरानी कोषको करिब तीन चौथाई ट्रोन भनिने अपेक्षाकृत कम प्रोफाइलको क्रिप्टोकरेन्सीबाट गरिएको छ। ट्रोन क्रिप्टोकरेन्सीमा प्रयोगकर्ताहरुलाई आफ्नो पहिचान लुकाउने विकल्प पनि उपलब्ध छ।
गत वर्ष एक ब्लग पोस्टमा नोबिटेक्सले क्लाइन्टहरुलाई ट्रोन प्रयोग गर्न प्रोत्साहित गरेको थियो। यो एक मध्यस्तरीय टोकन हो। ट्रोनबाट बिना नाम कारोबार गर्न सकिने भएकाले प्रतिबन्धका समयमा पनि सम्पत्ति खतरामा नपर्ने उल्लेख छ।
बाइनान्सको इरानी क्रिप्टो प्रवाहको स्केल र तिनीहरु जारी छन् भन्ने तथ्य यस अघि सार्वजनिक गरिएको थिएन।
अमेरिकी न्याय विभागले १२० मिलियन भन्दा बढी प्रयोगकर्ताहरुको १ ट्रिलियन अमेरिकी डलरभन्दा बढी क्रिप्टो उद्योगमा प्रभुत्व जमाउने बाइनान्सले मनी लन्ड्रिग नियमहरु उल्लघंनको सम्बन्धमा अनुसन्धान गरिरहेको समयमा आएको हो।
प्रतिबन्धका बावजुत इरानसँग कारोबार गरेकाले अमेरिकी सरकारको निशानामा बाइनान्स पर्ने व्यापार प्रतिबन्ध विशेषज्ञ वकिलहरुको भनाइ छ।
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार