
काठमाडौं ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–६, चङ्खुवासीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारसँग मोबाइल फोनमा टावर आउने गरी व्यवस्था गरिदिन माग गरेका छन्।
घरदैलो अभियान लिएर चङ्खु पुग्नुभएका प्रदेश सभा (क)का सत्ता गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्लेसँग नेपाल टेलिकमको टावरले राम्रो कामसँग काम नगरेको भन्दै मोबाइल फोनमा टावर टिप्ने व्यवस्था गर्न माग गरेका हुन् ।
सञ्चार सम्पर्कका लागि नेटवर्क लाग्न अग्ला डाँडा र रुख खोज्नुपर्ने बाध्यता रहेको स्थानीय ढालबहादुर गुरुङले बताए।
उम्मेदवार भेटघाटका क्रममा स्थानीय पासाङ शेर्पाले भने, “अझैसम्म हाम्रो मोबाइलमा राम्रोसँग टावर आउँदैन, यो समस्याको अन्त्य गरिदिनुपर्यो।”
कामले घरबाहिर रहेका परिवारसँग कुरा गर्न साह्रै समस्या भयो, घरमा टावर आउँदैन भनेको बेलामा आफ्नो परिवार र आफन्तसँग कुरा गर्न नपाएको उनको गुनासो छ। गोरखापत्रबाट
प्रकाशित: १८ कार्तिक २०७९, शुक्रबार