एप्पलले आईफोन १५ का सबै मोडलमा डायनामिक आइल्याण्ड दिने

  • Technology Khabar | १७ कार्तिक २०७९, बिहीबार
एप्पलले आईफोन १५ का सबै मोडलमा डायनामिक आइल्याण्ड दिने

काठमाडौं ।

एप्पलले आगामी आईफोन १५ सिरिजका सबै मोडलमा डायनामिक आइल्याण्ड दिने भएको छ। एप्पलले हाल आईफोन १४ प्रो मोडलमा डायनामिक आइल्याण्ड दिँदै आइरहेको छ।

एप्पल प्रयोगकर्ताहरुले डायनामिक आइल्याण्ड फिचरलाई रुचाएका छन्।

कम्पनीले आगामी आईफोन १५ सिरिजका सबै मोडलमा डायनामिक आइल्याण्ड दिने योजना बनाएको गिगचाइनाले उल्लेख गरेको छ।

आईफोन १५ सिरिज चार मोडलमा आउनेछ। कम्पनीले आईफोन १५ प्रो म्याक्सलाई नयाँ नाम आईफोन १५ अल्ट्रा दिइनेछ।

फिचरको कुरा गर्दा आईफोन १५ र आईफोन १५ प्लसमा ६० हर्ज स्क्रिन तथा प्रो र अल्ट्राको स्क्रिनले १२० हर्जको उच्च रिफ्रेस रेट प्रदान गर्छ।

आईफोन १५ र प्रोमा ६.१ इन्च र अन्य दुई मोडलमा ६.७ इन्चको स्क्रिन हुनेछ।

 

प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार