रियलमी १० नोभेम्बर ९ मा सार्वजनिक हुने, कमजोर गेमिङ अनुभव समाप्त हुने

  • Technology Khabar | १६ कार्तिक २०७९, बुधबार
रियलमी १० नोभेम्बर ९ मा सार्वजनिक हुने, कमजोर गेमिङ अनुभव समाप्त हुने

काठमाडौं ।

रियलमीले नोभेम्बर ९ मा रियलमी १० सार्वजनिक गर्ने भएको छ। कम्पनीले फोनमा हेलियो जी९९ एसओसी हुने यस अघि नै पुष्टि गरिसकेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

रियलमीले स्मार्टफोनको कमजोर गेमिङ अनुभवलाई समाप्त गर्न र प्रयोगकर्ताहरुलाई उत्कृष्ट मनोरन्जको आनन्द लिन ९० हर्ज सुपर एएमओएलईडी डिस्प्ले दिइएको घोषणा गरेको छ।

नयाँ रियलमी ले एचआरआर गेमिङ सपोर्ट गर्ने विश्वास गरिएको छ। यस अघिका रियलमी स्मार्टफोनहरुमा गेमा लागि उचित एचआरआर सपोर्ट देखिएको थिएन।

रियलमी १० मा ८ जीबी र्याम अनबोर्ड हुनेछ। स्मार्टफोनको इन्टनल स्टोरेज प्रयोग गरेर ८ जीबीसम्म विस्तार गर्न सकिन्छ। जसको मद्दतबाट प्रयोगकर्ताहरुले एकै साथ १८ एपहरु प्रयोग गर्न सक्नेछन्।

रियलमीले आगामी फोनको स्पेसिफिकेसन सम्बन्धी धेरै विवतरण सार्वजनिक गरेको छैन्। तर लिक रेन्डरहरुका आधारमा स्मार्टफोनमा पन्च होल डिस्प्ले, दुई रियल क्यामर र तीन कलर विकल्पमा उपलब्ध हुनेछ।

प्रकाशित: १६ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार