
काठमाडौं ।
क्यालिफोर्नियास्थित दिगो विद्युतीय यातायात कम्पनी एलेफ एरोनटिक्सले आफ्नो विद्युतीय उडान कारको पहिलो प्रोटोटाइप संसारमा सार्वजनिक गरेको छ।
यो फ्लाइङ कारले २०० माइल (लगभग ३२२ किलोमिटर) ड्राइभिङ रेन्ज र ११० माइल (लगभग १७७ किलोमिटर) को उडान दायरा पुर्याउन सक्षम रहेको कम्पनीले दाबी गरेको छ। एलेफको स्थापना सन् २०१५ मा भएको थियो र कम्पनीले सुरुदेखि नै विश्वको पहिलो उड्ने कार बनाउने लक्ष्य राखेको थियो।
एलेफले मोडल ए नामको फ्लाइङ इलेक्ट्रिक कारको प्रोटोटाइप ल्याएको छ। यो कार सन् २०२५ सम्ममा बजारमा आउने कम्पनीको दाबी छ। मोडल ए फ्लाइङ इलेक्ट्रिक कार प्रि-अर्डरको लागि १५० डलरको टोकन रकममा उपलब्ध छ।
यो उड्ने कारले छिटो, सहज आवागमन सक्षम गर्नको लागी लक्ष्य लिएको छ। प्रोटोटाइप सडकमा चलाउन सकिने र आवश्यक पर्दा उडाउन पनि सकिन्छ।
मोडेल ए ले २०० माइलको ड्राइभिङ दायरा र ११० माइलको उडान दायरा पुर्याउन सक्षम रहेको एलेफको दाबी छ। यसको डिजाइनको बारेमा कुरा गर्दा, एलेफ फ्लाइङ कारको फ्युचरिस्टिक फ्लोइ आकार छ, तर यो कुनै पनि प्रकारको अद्वितीय डिजाइनमा आउँदैन। यसको संरचना परम्परागत कार जस्तै छ। मोडेल ए को बडी भित्र आठ प्रोपेलरहरू छन्। यो फ्लाइङ्ग भेहिकलमा एक वा अधिकतम दुई व्यक्ति आरामसँग बस्न सक्छन्।
कम्पनीले हाइड्रोजन फ्युल सेलमा काम गर्ने कार पनि बनाउन चाहेको बताएको छ। यसको दायरा लगभग ४०० माइल वा ६४४ किलोमिटर हुन सक्छ।
प्रकाशित: १६ कार्तिक २०७९, बुधबार