फ्रान्सको प्रविधि कम्पनी थालेसबाट ह्याकरहरूले डाटा चोरी गरेको दाबी

  • Technology Khabar | १६ कार्तिक २०७९, बुधबार
फ्रान्सको प्रविधि कम्पनी थालेसबाट ह्याकरहरूले डाटा चोरी गरेको दाबी

काठमाडौं ।

फ्रान्सेली रक्षा र प्रविधि समूह थालेसले मंगलबार ह्याकर समूह लकबिट ३.० ले आफ्नो केही डाटा चोरी गरेको दाबी गरेको र त्यसलाई प्रकाशित गर्ने धम्की दिएको बताएको छ।

थालेसले एक्सटर्सन र र्यान्समवेयर समूहले नोभेम्बर ७ मा डार्क वेबमा डाटा जारी गर्ने योजना घोषणा गरेको बताएको छ। रोयटर्सको समाचारअनुसार यसले अहिलेसम्म कुनै प्रत्यक्ष फिरौती सूचना प्राप्त नभएको उल्लेख गरेको छ।

थालेसले आन्तरिक अनुसन्धान खोलेको छ र यस बारेमा राष्ट्रिय साइबर सुरक्षा एजेन्सीलाई जानकारी दिएको छ, तर अहिलेसम्म पुलिसमा उजुरी दर्ता नगरेको कम्पनीका एक अधिकारीले भने।

प्रकाशित: १६ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...