काठमाडौं ।
हङकङ क्रिप्टो ट्रेडलाई वैधानिक बनाउने तर्फ अग्रसर भएको छ।
हङकङले खुद्रा लगानीकर्ताहरुलाई क्रिप्टोकरेन्सी र क्रिप्टो एक्सचेन्ज ट्रेडेड फन्डहरुमा व्यापार गर्न अनुमति दिने प्रस्ताव गरेको छ।
विश्वव्यापी वित्तीय हबको रुपमा आफ्नो स्थिति पुन प्राप्त गर्न एनएफटी जारी गर्न र सीबीडीसीमा पाइलट योजना सञ्चालन गर्न खोजेको टेकक्रन्चले उल्लेख गरेको छ।
हङकङले गत वर्ष क्रिप्टो व्यापारलाई व्यावसायिक लगानीकर्ताहरुमा सिमितगर्ने प्रस्ताव गरेको थियो। यो कदमका कारण धेरै क्रिप्टो उद्यमीहरुले आफ्नो व्यावसायलाई दुबई र सिंगापुर जस्तो क्रिप्टोमा उदार मुलुकहरुमा विस्तार गरेका थिए।
विकासका लागि ठोस कानुनी आधार प्रदान गर्न हङकले टोकनाइज्ड सम्पत्तिहरुको लागि सम्पत्ति अधिकारको समीक्षा गर्ने र स्मार्ट कन्ट्रयाकलाई वैध बनाउने उपाय पत्ता लगाउनेछ।
हङकङले स्टेबलकोइनको ‘शासन, स्थिरीकरण र रिडेम्पसन मेकानिज्म’ लगायत पक्षहरूमा ‘उपयुक्त नियमहरू’ राख्ने योजना पनि बनाइरहेको छ।
यो प्रस्ताव चीनले क्रिप्टो लेनदेमा क्र्याकडाउनको प्रयासलाई तीव्र पारेको र सिंगापुरले भर्चुअल डिजिटल सम्पत्तिका लागि कडा निर्देशनहरु जारी गरेको समयमा आएको हो।
‘हामी विश्वव्यापी भर्चुअल सम्पत्ति समुदायसँग फिनटेक अन्वेषण गर्ने हाम्रो दृढ संकल्प प्रदर्शन गर्न, विश्वव्यापी बजारमा हाम्रो नीतिगत अडान स्पष्ट पार्न चाहन्छौं,’ हङकङका आर्थिक सचिव पल चानले भने।
‘प्रारम्भिक चरणमा, हङकङले अन्तर्निहित सम्पत्तिहरू ‘शिकागो मर्केन्टाइल एक्सचेन्जमा बिटकोइन फ्यूचर्स र ईथर फ्यूचरहरूमा सीमित’ हुने अपेक्षा गरेको छ,’ उनले थपे।
हङकङले नीतिगत रुपमा आफूले अपनाउन चाहेको दृष्टिकोणको पनि विवरण दिन्छ। धितोपत्र र भविष्य आयोगले नयाँ इजाजतपत्र प्रणाली अन्तर्गत भर्चुअल सम्पत्तिमा पहुँच गर्न कसरी खुद्रा लगानीकर्ताहरूलाई “उपयुक्त डिग्री“ दिन सकिन्छ भनेर सार्वजनिक परामर्श सञ्चालन गर्नेछ।
प्रकाशित: १५ कार्तिक २०७९, मंगलवार