
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महिनामा करिब ८० हजार युनिट स्मार्टवाट नेपाल भित्रिएको हो।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको असोज मसान्तसम्म १२ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको ७९ हजार ७५३ युनिट स्मार्टवाच भित्रिएको हो।
गत आवको असोजको तुलनामा चालु आवको सोही अवधिमा स्मार्टवाचको आयात घटेको देखिन्छ।
गत आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म १५ करोड ३८ लाख २८ हजार रुपैयाँ बराबरको १ लाख ५१ हजार ९५९ युनिट स्मार्टवाच आयात भएको थियो।
गत आवको तुलनामा चालु आवको असोजमा स्मार्टवाचको आयात ३ करोड १९ लाख ६ हजार रुपैयाँ र ७२ हजार २०६ युनिटले घटेको छ।
नेपालमा १२ मुलुकबाट स्मार्टवाच आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ। सबैभन्दा धेरै स्मार्टवाच चीन र भारतबाट आयात हुने गरेको छ।
चीनबाट ८ करोड ६५ लाख ८५ हजार रुपैयाँ बराबरको ७० हजार ४९० युनिट स्मार्टवाच आयात भएको छ।
भारतबाट २ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको ८ हजार ८३० युनिट स्मार्टवाच आयात भएको छ।
बाँकी १० मुलुकबाट १ करोड १० लाख ७९ हजार रुपैयाँ बराबरको ४३३ युनिट स्मार्टवाच आयात भएको छ।
नेपालमा अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, पिलिपिन्स,पोर्चुगल, कतार, यूएई, अमेरिका, भेतनामबाट स्मार्टवाच आयात हुने गरेको विभागको तथ्यांकमा देखिन्छ।
प्रकाशित: १५ कार्तिक २०७९, मंगलवार