जियो र एयरटेलको स्याटेलाइट ब्रोडब्यान्ड सेवालाई भारतमा स्वीकृति, मस्कको स्टारलिंकले पनि पाउनसक्ने

  • Technology Khabar | ११ कार्तिक २०७९, शुक्रबार
जियो र एयरटेलको स्याटेलाइट ब्रोडब्यान्ड सेवालाई भारतमा स्वीकृति, मस्कको स्टारलिंकले पनि पाउनसक्ने

काठमाडौं ।

भारतमा सरकारले स्याटेलाइट ब्रोडब्यान्ड कम्युनिकेसनका लागि नीति सुधारलाई स्वीकृत गरेको छ जसले गर्दा टेलिकमहरूले देशमा आफ्नो फाइभजी टावरहरू द्रुत रूपमा तैनाथ गर्न सकून्।

यसैबीच जियो र एयरटेल समर्थित वनवेबको स्याटेलाइट ब्रोडब्यान्ड सेवाले सरकारको स्वीकृति पाएको भारतीय मिडियाले उल्लेख गरेको छ।

यसै क्रममा इलन मस्कको स्याटेलाइट ब्रोडब्यान्ड सेवा स्टारलिंकले पनि भारतमा आफ्नो सेवा सुरु गर्न आवेदन दिएको छ। सरकारको स्वीकृति पाएपछि स्टारलिंकको स्याटेलाइट ब्रोडब्यान्ड सेवा भारतमा समेत सुरु हुनेछ।

गत वर्ष इलन मस्कको कम्पनीले स्याटेलाइट ब्रोडब्यान्ड सेवाका लागि भारतमा बुकिङ लिन थालेको थियो तर सरकारले यसका लागि पहिले कम्पनीलाई लाइसेन्स लिन भनेको थियो। अब मस्कको कम्पनीलाई स्याटेलाइट सञ्चार सेवा सुरु गर्न सहज हुनेछ।

भारतीय सरकारले स्याटेलाइटका लागि उच्च गतिको ब्रोडब्यान्ड सेवा उपलब्ध गराउन नीतिगत सुधारलाई स्वीकृत गरेको छ। टेलिकम मन्त्रीले ३ देखि ४ महिनाभित्र नियामक ट्राईले यो सिफारिस ल्याउने बताएका थिए। त्यसपछि लिलामी र अन्य प्रक्रिया सुरु हुनेछ। यसका लागि पाँचवटा संस्थाले इजाजतपत्र प्राप्त गरिसकेका छन् ।

जियोको लाइसेन्स बुधबार क्लियर गरिएको छ। योसँगै स्याटेलाइट ब्रोडब्यान्ड कम्पनी वनवेबले पनि लाइसेन्स पाएको छ। जहाँ मस्कको स्पेसएक्स स्टारलिंकले भर्खरै अनुमतिका लागि आवेदन गरेको छ।

प्रकाशित: ११ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार