
काठमाडौं ।
मेसेजिङ एप ह्वाट्सएपमा समस्या देखिएको छ। यसका प्रयोगकर्ताहरूले सन्देश पठाउन समस्या देखिएको हो। कतिपयले एप कनेक्ट गर्ननै समस्या भएको बताएका छन्। यसमा एप र वेब दुबैमा समस्या आएको देखिएको छ।
व्हाट्सएपले आउटेज स्वीकार गरेको छ र यसलाई पुनर्स्थापना गर्न काम गरिरहेको बताएको छ। कम्पनीले आउटेज के कारणले भएको भन्ने साझा गरेको छैन।
ह्वाट्सएपको कम्पनी मेटाका प्रवक्ताले टेकक्रन्चसँगको कुराकानीमा भने, ‘हामीलाई केही प्रयोगकर्ताहरूले ह्वाटस्एपबाट मेसेज गर्न समस्या भइरहेको जानकारी छ र हामी यो समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ। हामी चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्ने कोसिस गरिरहेका छौँ।’
एपको व्यक्तिगत र सामुहिक च्याट दुवैमा समस्या देखिएको छ। डाउन डिटेक्टर वेबसाइटकाअनुसार हजारौँ प्रयोगकर्ताहरुले यो समस्या भोगिरहेका छन्।
प्रकाशित: ८ कार्तिक २०७९, मंगलवार