सामसङ डब्ल्यू२३ फाइभजी, डब्ल्यू२३ फ्लिप १६ जीबी र्याममा सार्वजनिक

  • Technology Khabar | ७ कार्तिक २०७९, सोमबार
सामसङ डब्ल्यू२३ फाइभजी, डब्ल्यू२३ फ्लिप १६ जीबी र्याममा सार्वजनिक

काठमाडौं ।

सामसङ डब्ल्यू२३ फाइभजी र डब्ल्यू२३ फ्लिप चीनमा सार्वजनिक भएको छ। दुवै नयाँ स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ४ र ग्यालेक्सी जेड फ्लिप ४ का विलासी कस्टम भेरियन्ट भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

ग्यालेक्सी डब्ल्यू२३ फाइभजी गत वर्षको डब्ल्यू२२ फाइभजीको उत्तराधिकारीको रुपमा रहेको छ। दक्षिण कोरियाली ब्रान्डले सन् २००८ देखि हरेक वर्ष नयाँ डब्ल्यू सिरिज डिभाइस सार्वजनिक गर्दै आइरहेको छ।

यी दुई फोनको प्रमुख भिन्नताको रुपमा डिजाइन रहेको छ। दुवै फोनमा गोल्ड प्लेटेड एच र टिकाहरु छन्।

डब्ल्यू२३ मा ७.६ इन्चको एएमओएलईडी स्क्रिनले १२० हर्ज रिफ्रेस रेट प्रदान छ। फोनको पछाडि ट्रिपल रियर सेन्सरमा ५० मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रा वाइड ए.गल लेन्स र १२ मेगापिक्सलको टेलिफोटो युनिट छ। डिभाइसमा १० मेगापिक्सलको शूटरका साथमा ४ मेगापिक्सलको यूडीसी स्न्यापर पनि छ।

सामसङ डब्ल्यू२३ फाइभजी र डब्ल्यू२३ फ्लिपमा स्न्यापड्रागन ८प्लस जेन १ प्रोसेसर दिइएको छ। सामसङ डब्ल्यू२३ फाइभजीमा १६ जीबी र्याम र डब्ल्यू२३ फ्लिपमा १२ जीबी र्याम छ भने दुवैको स्टोरेज क्षमता ५१२ जीबी छ। सामसङ डब्ल्यू२३ फाइभजीमा ४४०० एमएएच ब्याट्री र डब्ल्यू२३ फ्लिपमा ३७०० एमएएच ब्याट्री छ।

सामसङ डब्ल्यू२३ फाइभजीको मूल्य २ हजार २०७ अमेरिकी डलर र डब्ल्यू२३ फ्लिपको मूल्य १ हजार ३७९ अमेरिकी डलर तोकिएको छ।

प्रकाशित: ७ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Springbase launches Multilingual Voice-to-Agent capabilities, turning spoken ideas into finished work

  • Technology Khabar
  • ७ कार्तिक २०७९, सोमबार