रिडिजाइन भर्सनमा एप्पल आईप्याड २०२२ सार्वजनिक, यूएसबी-सी चार्जिङ पोर्ट

  • Technology Khabar | २ कार्तिक २०७९, बुधबार
रिडिजाइन भर्सनमा एप्पल आईप्याड २०२२ सार्वजनिक, यूएसबी-सी चार्जिङ पोर्ट

काठमाडौं ।

एप्पलले आईप्याड २०२२ सार्वजनिक गरेको छ। एप्पलले रिडिजाइन भर्सनमा आईप्याडसँगै टप रेज आईप्याड प्रो अपडेटेड भर्सन पनि घोषणा गरिएको इभिनिङ स्ट्यान्डर्डले उल्लेख गरेको छ।

नयाँ एन्ट्री लेभल आईप्याडा मोडलमा होम बटन हटाइएको छ। अगाडिको क्यामरा डिभाइस लामो छेउमा सारिएको छ र एप्पलमा प्रयोग हुँदै आएको लाइटटिङ पोर्टको सट्टा यूएसबी-सी कनेक्सन दिइएको छ।

आईप्याड प्रो भर्सन अपग्रेड अन्तर्गत उच्च शक्तियुक्त एप्पलद्वारा निर्मित एम२ चिप समावेश गरिएको छ।

नयाँ आईप्याड अक्टोबर २६ देखि बिक्री शुरु हुनेछ। यसको शुरुवाती मूल्य ४९९ अमेरिकी डलर तोकिएको छ।

अपडेटेड आईप्याड प्रोको बिक्री पनि सोही दिनदेखि शुरु हुनेछ। यसको शुरवाती मूल्य ८९९ अमेरिकी डलर तोकिएको छ।

 

प्रकाशित: २ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

EU warns Meta it must open up WhatsApp to rival AI chatbots

  • Technology Khabar
  • २ कार्तिक २०७९, बुधबार