लेनोभो थिंकबुक यूसी१०० नेकब्यान्ड इयरबड सार्वजनिक, १०० घण्टा ब्याट्री टिक्ने

  • Technology Khabar | २ कार्तिक २०७९, बुधबार
लेनोभो थिंकबुक यूसी१०० नेकब्यान्ड इयरबड सार्वजनिक, १०० घण्टा ब्याट्री टिक्ने

काठमाडौं ।

लेनोभोको नयाँ वायरलेस ब्लुटुथ हेडसेट थिंकबुक यूसी१०० सार्वजनिक भएको छ। चीनमा सार्वजनिक गरिएको उत्पादन हालका लागि रिजर्भेसनका लागि मात्र उपलब्ध छ।

लेनोभो थिंकबुक यूसी१०० मा नेकब्यान्ड इयरबडमा आवश्यक आधूनिक फिचर उपलब्ध भए पनि यो प्रिमियम डिभाइस नभएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

हेडफोन छाला अनुकूल नरम रबर सामग्रीबाट बनेको छ। सामग्रीले लामो समयसम्म हेडसेट प्रयोग गर्न सहज बनाउँछ। कानमा दबाब कम गर्न झुकेको कान ट्यूब डिजाइन समावेश गरिएको छ।

बायाँ र दायाँ इयरबडहरुमा चुम्बकीय सक्शनको साथ डिजाइन गरिएको छ। यसले हेडसेट बेरिने सम्भावना कम गर्ने र बोक्न पनि सजिलो हुन्छ।

थिंकबुक यूसी१०० को विशेष सुविधा मध्ये डुअल कनेक्सन सपोर्ट रहेको छ। एकै समयमा डिभाइसलाई ल्यापटप तथा मोबाइलमा जडान गर्न सकिन्छ।

१०० घण्टा सम्मको स्ट्यान्डबाई समय र १० घण्टासम्मको अडियो प्लेब्याकमा हेडसेट उपलब्ध छ। फास्ट चार्जबाट हेडसेट २ घण्टामा चार्ज गर्न सकिन्छ।

प्रकाशित: २ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार