चीनको आईफोन फ्याक्ट्री नजिक करिब १० लाख मानिस लकडाउनमा

  • Technology Khabar | १ कार्तिक २०७९, मंगलवार
चीनको आईफोन फ्याक्ट्री नजिक करिब १० लाख मानिस लकडाउनमा

काठमाडौं ।

चीनको आईफोन उत्पादन हब झोङझोउमा लकडाउन गरिएको छ। कोभिड १९ भाइरस शुन्यमा झार्ने योजना अन्तगर्त चीन सरकारले सबै भन्दा बढी जनसंख्या भएको जिल्लामध्ये एकलाई लकडाउन गरेको हो।

उक्त लकडाउनका कारण करिब १० लाख मानिस घर भित्र रहन बाध्य भएको ब्लूमबर्गले उल्लेख गरेको छ।

झोङझोउ बासिन्दालाई सोमबारदेखि घरमा बस्न, कोभिड परीक्षणको आवश्यकता बोहक र गैर आवश्यक व्यवसायहरु बन्द गर्न सरकारले आदेश दिएको छ।

आईफोन निर्माता फक्सकन टेक्नोलोजी ग्रुपको प्लान्टहरु बन्द गरिएको जिल्लामा अवस्थित छैनन्। कम्पनीका प्रतिनिधिहरुले ब्लूमबर्गसँग यस विषय तत्काल टिप्पणी गर्न चाहेनन्। ।

शहरमा आईतबार ६ नयाँ कोभिड संक्रपण भेटिएको थियो। अक्टोबर ९ मा ४० जना संक्रमित भएका थिए। भित्री मंगोलिया र सिनजियाङमा प्रकोप नियन्त्रणमा आएससँग चीनका कोभिड संक्रमण घटेर ६७९ पुगेको छ। यो पछिल्लो दुई हप्ताको सबैभन्दा कम संक्रमण हो।

बेइजिङमा १३ र सांघाईमा ३२ कोभिडको केस भेटिएको छ।

प्रकाशित: १ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार