काठमाडौं ।
बाली प्रहरीले जी२० शिखर सम्मेलनको सुरक्षाका लागि ३०० इलेक्ट्रिक मोटरसाइकल प्रयोग गर्ने भएका छन्। नुसा दुआ, बाडुङ, बालीमा १५ नोभेम्बरदेखि १६ नोभेम्बर हुने जी२० शिखर सम्मेलनको सुरक्षाका लागि बाली प्रहरीले ३०० इलेक्ट्रिक मोटरसाइकल प्रयोग गर्ने भएका हुन्।
जी२० १९ देश र युरोपियन युनियनको अन्तर्राष्ट्रिय फोरम हो। यस वर्ष जी२० को अध्यक्षता इन्डोनेसियाले गरिरहेको छ।
बाली प्रहरीले लाजाडा र स्मूटको सहकार्यमा १०० यूनिट इलेक्ट्रिक मोटरसाइकल प्राप्त गरेको छ। यस अघि २०० इलेक्ट्रिक मोटरसाइकल प्राप्त गरेको बाली प्रहरीका महानिरीक्षक पुतु जयन दानु पुत्रले बताए।
योसँगै बाली प्रहरीसँग जी२० को सुरक्षाका लागि ३०० यूनिट इलेक्ट्रिक मोटरसाइकल उपलब्ध छ।
इलेक्ट्रिक मोटरसाइकल बाहेक जी२० शिखर सम्मेलनका लागि कुल ६१६ इलेक्ट्रिक कारहरु प्रयोग गरिने अन्टारान्यूजले उल्लेख गरेको छ। ४९३ इलेक्ट्रिक कार प्रतिनिधिहरुले प्रयोग गर्नेछन् भने १२३ ओटा कार सञ्चालन र सुरक्षाका लागि प्रयोग हुनेछ।
प्रकाशित: २७ आश्विन २०७९, बिहीबार