हिरो भिडा भी वान प्लस र भी वान प्रो इलेक्ट्रिक स्कुटरको बुकिङ शुरु

  • Technology Khabar | २६ आश्विन २०७९, बुधबार
हिरो भिडा भी वान प्लस र भी वान प्रो इलेक्ट्रिक स्कुटरको बुकिङ शुरु

काठमाडौं ।

हिरो मोटोकर्पले सोमबार (१० अक्टोबर) देखि भिडा भी वान र भी वान प्रो इलेक्ट्रिक स्कुटर भारतमा बुकिङ शुरु गरेको छ। दुवै इलेक्ट्रिक स्कुटर २५ सय भारु तिरेर बुक गर्न सकिने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

भिडा इलेक्ट्रिक स्कुटर दिल्ली, जयपुर र बैंगलोरका लागि बुकिङ शुरु गरिएको हो। बुकिङ रकम रिफन्डेबल रहेको छ र स्कुटर खरिद गर्दा उक्त रकम पनि हिसाब गरिनेछ। कम्पनीले डिसेम्बरको दोस्रो साताबाट यी ३ शहरमा डिलेभरी शुरु गर्नेछ।

भिडा स्कुटरको आधिकारिक वेबसाइट भिडावर्ल्डबाट बुक गर्न सकिन्छ।

हिरोले भिडा इलेक्ट्रिक स्कुटर दुई भेरियन्ट भिडा भी वान प्लस र भीडा भी वान प्रोमा सार्वजनिक गरेको छ। भिडा भी वान प्लसको मूल्य १ लाख ४५ हजार भारु र भी वान प्रोको मूल्य १ लाख ५९ हजार भारु (एक्स शोरुम) तोकिएको छ।

दुवै स्कुटरमा पोर्टेबल ब्याट्री प्याक दिइएको छ। प्रयोगकर्ताले ब्याट्री निकालेर चार्ज गर्न सक्छन्।

हिरोका अनुसार फुल चार्जमा भिडा भी १ प्लस १४३ किलोमिटर र भिडा भी १ प्रो १६५ किलोमिटरको रेञ्ज प्रदान गर्न सक्षम छ। दुवै स्कुटरमा फास्ट चार्जिङ पनि उपलब्ध छ। फास्ट चार्जिङका माध्यमबाट स्कुटर एक मिनेटमा १.२ किलोमिटरसम्म चलाउन सकिन्छ। ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ६५ मिनेट लाग्ने कम्पनीको दाबी छ।

दुवै इलेक्ट्रिक स्कुटरको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ। भिडा भी वान प्रो ० देखि ४० किलोमिटर प्रति घण्टाको गति पकड्न ३.२ सेकेन्ड समय लिन्छ भने भिडा भी वान प्लसले सोही गति ३.४ सेकेन्डमा हासिल गर्छ।

भिडाको दुवै इलेक्ट्रिक स्कुटरमा प्रिमियम स्कुटरको फिचर दिइएको छ। हिरोले दुवै स्कुटरमा ब्लूटूथ कनेक्टिभिटीका साथै ७ इन्चको ठूलो टचस्क्रिन डिस्प्ले, किलेस कन्ट्रोल, रिभर्स मोड, तीन राइड मोड (ईको, राइड स्पोर्ट र कस्टम), स्मार्टफोन कनेक्टिभिटी, सेफ्टी अलार्म, क्रूज कन्ट्रोललगायत फिचर दिएको छ।

प्रकाशित: २६ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार