अब पठाओको रकम डिजिटल वालेट ‘छिटो पैसा’बाट भुक्तानी गर्न सकिने

  • Technology Khabar | २६ आश्विन २०७९, बुधबार
अब पठाओको रकम डिजिटल वालेट ‘छिटो पैसा’बाट भुक्तानी गर्न सकिने

काठमाडौं ।

राइड सेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ।

पठाओ नेपाल प्रालिका निर्देशक शशांक समशेर थापा र छिटो पैसा प्रालि (डिजिटल वालेट)का सहसंस्थापक प्रविन रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त वालेट एप प्रयोग गर्दा सेवाग्राहीले सजिलै राइडर, फुडम्यान र क्याप्टेनलाई सोही एपमार्फत रकम भुक्तानी गर्ने र राइडर, फुडम्यान र क्याप्टेनले पनि सोही एपबाटै पठाओलाई दिनुपर्ने रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

२५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले ४ वर्षे यात्रा पूरा गरेको छ । काठमाडौं उपत्यकामा निकै लोकप्रिय भएको पठाओले चितवनमा पनि सेवा शुरु गरेको छ।

पठाओले बाइकबाहेक ट्याक्सी सेवा र फुड डेलिभरीको सेवा पनि दिँदै आएको छ।

प्रकाशित: २६ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...