
काठमाडौं ।
विगतमा स्मार्टफोन विस्फोटको घटनापछि, अब एप्पल वाच ओभर हिटिंग भएर पड्किएको मामिला बाहिर आएको छ।
एक एप्पल वाच प्रयोगकर्ताकाअनुसार वाचको ब्याट्री निकै तातो भएको थियो, जसको केही समयपछि त्यो विस्फोट भयो। यद्यपि, प्रयोगकर्तालाई कुनै हानि भएको छैन, किनकी उसले एप्पल वाच धेरै तातो भएपछि फुकाल्यो। निरीक्षण गर्दा, वाचका मालिकले एप्पल वाचको पछाडिको भाग फुटेको देखे।
मिडिया रिपोर्टका अनुसार, प्रयोगकर्ताले भनेअनुसार यो उपकरणमा उच्च तापमानको बारेमा चेतावनी देखा परेको केही समय पछि विस्फोट भयो।
एप्पलइन्साइडरद्वारा रिपोर्ट गरेअनुसार, एप्पल वाच सिरिज ७ का प्रयोगकर्ताले घटनापछि एप्पल सपोर्ट टोलीलाई सम्पर्क गर्यो। एप्पलको तर्फबाट प्रयोगकर्तालाई यो घडी नछुन सल्लाह दिइएको थियो। यसबाहेक कम्पनीले यो कुरा कसैसँग पनि सेयर नगर्न भनेको छ।
कम्पनीले यसमा के भयो भनेर अनुसन्धान गर्ने पुष्टि गर्यो। उही समयमा, एप्पलले प्रयोगकर्तालाई मौन रहन र यो विषय साझा नगर्न बाध्य पार्ने प्रयास पनि गर्यो।
यो घटना एप्पलको ध्यानाकर्षणमा आएपछि कम्पनीले प्रयोगकर्तालाई कागजातमा हस्ताक्षर गर्न अनुरोध गर्दै सार्वजनिक रूपमा सेयर नगर्न आग्रह गरेको थियो। तर, उनले कागजमा हस्ताक्षर गर्न मानेनन्।
घडीमा पारो अर्थात मर्करी पाइने भएकाले धेरै नोक्सान हुन सक्ने भएकाले डाक्टरसँग सम्पर्क गर्न कम्पनीले भनेको प्रयोगकर्ताले जानकारी दिए। तर प्रयोगकर्ताले यसलाई पनि अस्वीकार गरे।
एप्पलले पछि एक कागजात पठायो र उनीहरूले यो कथा सार्वजनिक रूपमा साझा नगर्न अनुरोध गर्यो। तर, उनले कागजमा हस्ताक्षर गर्न मानेनन्।
रिपोर्टकाअनुसार कम्पनीले यो यन्त्रलाई परीक्षणका लागि प्रयोगशालामा लैजान डेलिभरी पिकअपको व्यवस्था गरेको छ।
प्रकाशित: २२ आश्विन २०७९, शनिबार