ह्याकरहरूको फोकस खेल उद्योगमा

  • Technology Khabar | २१ आश्विन २०७९, शुक्रबार
ह्याकरहरूको फोकस खेल उद्योगमा

काठमाडौं ।

खेल उद्योगहरुमा साइबर सुरक्षा बलियो पार्नुपर्नेमा युरोप लगायत ग्रिस क्षेत्रमा जोड दिईएको छ।

खेल उद्योग विरुद्व साइबर आक्रमण बढ्न थालेकाले सुरक्षा उपायहरूलाई बेवास्ता गर्न नहुने आईओटी टाइम्सले जनाएको छ।

आईओटी टाइम्सको रिपोर्ट अनुसार गेमिङ उद्योग विरुद्ध साइबर आक्रमण जारी भएकाले जीटीए सिक्स गेमका निर्माता रकस्टार गेम्समा पनि ह्याकरहरूले आक्रमण गरेको बताइएको छ।

ह्याकरहरूले रकस्टार गेम्सको नेटवर्क सर्भरहरूमा घुसपैठ गर्ने, त्यसैगरी, विभिन्न साइबर आक्रमणहरूमा, वेब एप्लिकेसनहरूमा प्लेयर खाताहरू अपहरण गर्ने, खाताहरू र व्यक्तिगत डाटा बेच्ने गरेको पाइएकाले साइबर सुरक्षामा जोड दिनुपर्ने देखिएको छ।

वाचगार्ड ग्रीसका प्रबन्धक युसुफ इभमेजले क्रेडिट कार्ड डेटा सहित हानि बढेकाले सर्तक रहेर प्ले गेमहरु निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
जीटीए सिक्स गेममा भएको आक्रमणले उद्योगमा साइबर सुरक्षा बलियो नपारे नेटवर्क आक्रमण बढ्दै जाने इभमेजले उल्लेख गरेको आईओटी टाइम्सको रिपोर्टमा जनाईएको छ।

केही दिन अघि नेटवर्क आक्रमणको सामना सामनामा गाहे भएकाले अनाधिकृत व्यक्तिलाईले नयाँ खेलको प्रारम्भिक विकास फुटेज सहित हाम्रो प्रणालीबाट गोप्य जानकारी अवैध रूपमा पहुँच र डाउनलोड गरेकाले पनि समस्या साइबर आक्रमणले भएको युरोपियन महादेशको बेलायतले जनाएको छ।

जीटीए सिक्स गेम्सको आन्तरिक सर्भरमा घुसपैठ गरेर जोखिमको विनाशकारी प्रभावहरू प्रकट गरेको ओआईटी रिपोर्टमा उल्लेख छ।

साइबर सुरक्षामा असर पार्नेलाई कारबाही प्रकृया गर्ने बेलायत प्रहरीले कमजोरी स्क्यानिङलाई बेवास्ता नगरि अघि बढ्न सबै कम्पनीलाई आग्रह गरेको छ।

प्रहरीका अनुसार खेल उद्योगमा साइबर सुरक्षा रिफ्लेक्स विकास गर्नुपर्नेमा जोड दिएको छ। प्रहरीले पनि सुरक्षा परीक्षणहरू नियमित रूपमा लागू गरिनुपर्नेमा जोड दिए। प्रहरीलेवेब अनुप्रयोगहरू जोखिममा नपरोस्, शंकास्पद चालहरू र साइबर सुरक्षाको लागि सिर्जना गरिएका नियमहरूको अडिटिङको महत्वमा ध्यान दिनुपर्ने उल्लेख गरेको छ।

प्रकाशित: २१ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...