भारतीय मार्स अर्बिटर भेहिकलसँग सम्पर्क टुट्यो, मंगलयान मिशन समाप्त

  • Technology Khabar | २१ आश्विन २०७९, शुक्रबार
भारतीय मार्स अर्बिटर भेहिकलसँग सम्पर्क टुट्यो, मंगलयान मिशन समाप्त
फाइल तस्बिर

काठमाडौं ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले मार्स अर्बिटरको ग्राउन्ड स्टेशनसँग सम्पर्क टुटेको सोमबार पुष्टि गर्यो। यसलाई पुन: प्राप्त गर्न सकिँदैन र मंगलयान मिशनको जीवन समाप्त भएको बताएको छ।

भारतीय समाचार एजेन्सीका पीटीआईकाअनुसार यसअघि सेप्टेम्बर २७ मा, इसरोले मंगल ग्रहको कक्षमा मार्स अर्बिटर मिशन (एमओएम) को आठ वर्ष पूरा भएकोमा एक राष्ट्रिय बैठक आयोजना गरेको थियो।

मंगलयान ६ महिनाको लागि मात्र डिजाइन गरिएको थियो तर यसले ८ वर्ष काम गर्यो। एक विज्ञप्तिमा, इसरोले भेहिकलसँग सम्पर्क अब पुनर्स्थापित गर्न सकिँदैन र यसले आफ्नो जीवन अवधि पूरा गरेको बताएको छ।

मंगलयान ५ नोभेम्बर २०१३ मा प्रक्षेपण गरिएको थियो। यसलाई २४ सेप्टेम्बर २०१४ मा मंगल ग्रहको कक्षमा सफलतापूर्वक राखिएको थियो। इसरोले भन्यो कि यी ८ वर्षमा, ५ वैज्ञानिक उपकरणहरूले सुसज्जित, यो यानले मंगल ग्रहको सतहको विशेषताहरू, यसको आकार विज्ञान, मंगल ग्रहको वायुमण्डल र यसको एक्सोस्फियरको बारेमा महत्त्वपूर्ण वैज्ञानिक जानकारी प्रदान गरेको छ।

यस मिशनमा कुल ४५० करोड भारतीय रुपैयाँ खर्च गरिएको थियो, जुन त्यस्ता अन्य मिशनहरूको हिसाबले धेरै कम थियो। मंगल मिशनको बजेट हलिउड फिल्म ग्रेभिटीभन्दा कम थियो।

यो मिसनले भारतको अन्तरिक्ष कार्यक्रमलाई नयाँ उचाइमा पुर्यायो। भारतले पहिलो प्रयासमा नै यो सफलता हासिल गरेको थियो र त्यसो गर्ने चौथो देश बनेको थियो।

भारत अघि सोभियत संघ, अमेरिकी अन्तरिक्ष एजेन्सी नास, युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले यो उपलब्धि हासिल गरेको थियो। भारत मंगल ग्रहमा सफल मिसन गर्ने पहिलो एसियाली देश बनेको छ। भारतले भन्दा अघि प्रयास गरेका चीन र जापानका मिसन सफल भएनन् तर भारतले निकै कम खर्चमा मंगल मिशन सफल बनाएर देखाएको छ।

इसरोले आफ्नो मंगलयानको ब्याट्री लाइफ बढाउन कोशिस गरिरहेको थियो तर हालैका धेरै ग्रहणहरू पछि यो सम्भव भएन। मंगलयानको ब्याट्री मात्र १ घण्टा ४० मिनेट ब्याकअपको साथ डिजाइन गरिएको थियो। लामो समयदेखि लागेको ग्रहणका कारण त्यो डिस्चार्ज भएको थियो।

प्रकाशित: २१ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ओप्पो प्याड एयर५ आधिकारिक रूपमा सार्वजनिक

  • Technology Khabar
  • २१ आश्विन २०७९, शुक्रबार