
काठमाडौं ।
रूसले युक्रेनमा मस्कोले भन्दै आएको “विशेष सैन्य अपरेशन” को बारेमा “झूटो जानकारी” दिएको भन्दै संगीत-स्ट्रिमिङ एप साउन्डक्लाउडमा पहुँच प्रतिबन्धित गरेको छ।
इन्टरफ्याक्स समाचार एजेन्सीले आइतबार सञ्चार क्षेत्रको वाचडग रोजकोमनाडजोरलाई उद्धृत गर्दै सो प्रतिबन्धको बारेमा रिपोर्ट गरेको रोयटर्सले जनाएको छ।
रुसले फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएपछि सूचनाको प्रवाहलाई नियन्त्रण गर्न ठूला प्राविधिक कम्पनीहरूसँग संघर्ष गरेको छ। यसै अन्तरगत ट्विटरको सेवा सुस्त बनाएको छ र मेटाको फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाएको छ।
रोजकोमनाडजोरले युक्रेनको क्षेत्रमा विशेष सैन्य अपरेशनको प्रकृतिको बारेमा गलत जानकारी समावेश सामग्री प्लेसमेन्टको सम्बन्धमा साउन्डक्लाउड सेवाको पहुँच प्रतिबन्धित गर्यो,” इन्टरफ्याक्सले भन्यो।
यो सेवामा पहुँच रुसी अभियोजक जनरलको कार्यालयको आदेशमा अवरुद्ध गरिएको भनिएको छ।
प्रकाशित: १९ आश्विन २०७९, बुधबार