Technology Khabar ४ बैशाख २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, ४ वैशाख । तपाईँ मोबाइल फोन चलाउँदा कसरी फोनलाई हल्लाउनुहुन्छ भनेर कहिलै पनि ध्यान दिनुभएको छैन् होला । तर त्यहि फोन हलाईले तपाईँको मोबाइलको बारेमा जानकारी अर्को व्यक्तिले थाहा पाईरहेको छ भन्दा तपाईँलाई आश्चार्य भयो होला ?
यो सहि हो की तपार्इँले आफ्नो मोबाइल फोन चलाएको आधारमा ह्याकरहरुले तपाईँको फोनको पासवर्ड र पिन नम्बर थाहा पाउन सक्दछन् ।
मोबाइल फोन चलाउँदा हल्लिएको आधारमा तपाईँको पिन नम्बर र पासवर्डको गोप्य जानकारी ह्याकरहरुले पत्ता लगाउँछन् । न्यूक्यासल यूनिभर्सिटीको वैज्ञानिकहरुले गरेको नयाँ अनुसन्धानले यो विषयलाई पत्ता लगाएको हो ।
साइबर विषयका जानकारहरुकाअनुसार स्मार्टफोन चलाउने गतिबिधिले तपाईँले फोनको कीबोर्ड कसरी प्रयोग गरिरहनुभएको छ भन्ने थाहा हुन्छ ।
उनीहरुले चार अंक भएको पिन लाई एक पटकमा थाहा पाउने सही अनुमानको संभावना ७० प्रतिशत रहेको र पाँचौं कोशिसमा त पिन नम्बर थाहा पाउन सफल भएको दाबी गरेका छन् ।
साइबर वैज्ञानिकहरुकाअनुसार यो विषयमा टेक्नोलोजीमा आधारित कम्पनीहरुलाई थाहा भएपनि उनीहरुसँग यो समस्याको समाधान गर्ने तरीकाको बारेमा भने कुनै जानकारी छैन् ।
यूूनिभर्सिटीका कम्प्यूटिंग साइन्स स्कूलका प्रोफेसर डाक्टर मरियम मेहरनेजहादलका अनुसार अधिकांश स्मार्टफोन, ट्याबलेट, तथा अन्य वेयरेबल ग्याजेट्समा कयौं किसिमका सेन्सर हुन्छन् । अधिकांश मोबाइल एप तथा वेबसाइट्समा यस्तो प्रोग्राम हुन्छ जसले गोप्यरुपमा तपाईँको सेन्सर डाटा चोरि गर्न सक्ने उनले दाबी गरे ।
उनकाअनुसार तपाईँले कुनै फोन वा ट्याबलेटमा ब्राउजरमा कुनै नयाँ पेज खोल्नुहुन्छ भने यसको कोडिंग यसरी गरिएको हुन्छ की कयौं अन्य पेजहरु पनि एकै पटक खोलिन्छन् र त्यसको सहयोगमा तपाईँको निजी जानकारीको जासूसी गर्न सकिन्छ ।
अधिकांश डिभाइसहरुमा २५ किसिमको फरक फरक सेन्सर राखिएको हुन्छ र ह्याकरहरुले यसलाई निशाना बनाउन सक्ने अनुसन्धान टीमको ठहर छ ।
सुरक्षित हुने उपाय
त्यसैले अब तपाईँ पनि होसियार हुनुपर्ने भएको छ की तपाईँको मोबाइल फोन प्रयोग गर्दा कसरी गर्नुहुन्छ कतै त्यो जानकारी ह्याकरले त चोरका छैनन् । यसको लागि सबैभन्दा उत्तम भनेको पिन नम्बर र पासवर्ड प्रयोग गर्दा सचेत हुने र बेला बेलामा त्यो परिवर्तन गरिरहनु हो ।
त्यसै अर्को उपाय भनेको तपाईँले फेक वेबसाइट्सहरु नहेर्दा पनि ह्याक हुनबाट सुरक्षित बन्न सक्नुहुन्छ । थाहा नभएको र सुरक्षित नभएको साइट नखोल्दा पनि तपाईँको पिन नम्बर र पासवर्ड ह्याकरको पहुँचबाट सुरक्षित हुन सक्दछ ।
एजेन्सीको सहयोगमा
प्रकाशित: ४ बैशाख २०७४, सोमबार