गुगल प्ले स्टोरबाट हरायो ईसेवाको एप

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
गुगल प्ले स्टोरबाट हरायो ईसेवाको एप

काठमाडौं ।

भुक्तानी सेवा प्रदायक ईसेवाको एप गुगल प्ले स्टोरबाट हराएको छ। सबैभन्दा धेरै प्रयोगमा आएको एप अचानक गायब भएको हो।

ईसेवाको मोबाइल एप साँझदेखि गायब भएको अनुमान गरिएको छ र हालसम्म उपलब्ध छैन् ।

आज दिउँसोदेखि नै एपमा समस्या आएको र भुक्तानी कारोबार हुन नसकेको प्रयोगकर्ताहरुले गुनासो गरेका थिए।

प्ले स्टोरबाट ईसेवा हराएको वा अपडेटका लागि हटाइएको हो भन्ने बारेमा कुनै जानकारी छैन्।

कम्पनी सम्बद्ध स्रोतले भने एपले प्राविधिकरुपमा धान्न नसकेको र अरु पनि समस्या आउँदा यस्तो भएको दाबी गरेको छ। तर यस बारेमा हामीले थप जानकारी पाउन सकेनाैं।

प्ले स्टोरमा हाल नदेखिएपनि एप प्रयोगकर्तालाई यसले केही असर नगर्ने र डाटा सबै सुरक्षित रहेको बताइएको छ।

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • १४ आश्विन २०७९, शुक्रबार