
काठमाडौं ।
पछिल्लो समय प्रविधिको विकास हुँदै गर्दा औद्योगिक क्षेत्रमा हानी हुँदै गएको विज्ञहरुले बताएका छन्।
विश्वभर तीव्र गतिमा विकास भइरहेको प्रविधिले उद्योगमा प्रयोग हुने रसायनको प्रकार र दरलाई तीव्र गतिमा बढाइरहेकोले बाधा पुर्याएको क्यालिफोर्नीयाका प्राध्यापक इहान मस्कोले ७०० भन्दा बढी रसायनहरू कार्सिनोजेन वर्गमा पर्ने भएकाले पनि समस्या देखिन थालेको जनाएका छन्।
अन्तराष्ट्रिय समाचार संस्था बिजनेश इन्साइडरसँग कुरा गर्दै उनले प्रविधि उत्पादन गर्दा हुने कणहरूले कर्मचारीसँगै बाहिर हावामा मिसिदा समेत फोक्सोमा पर्ने र गम्भीर क्षति हुने आकलन गरेका छन्।
उनले दमका साथै मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर समस्याहरू, हृदय रोग र फोक्सोको क्यान्सर समेत निम्त्याउने उल्लेख गरेका छन्।
यसका लागि प्रविधि उत्पादनका औद्योगिक क्षेत्रमा काम गर्ने कर्मचारीको सुरक्षामा ध्यान दिनुपर्ने, व्यावसायिक जोखिम कारकहरूको संख्यामा कम गर्नुपर्ने, उच्च दक्षतासँग कण अवधारणा ल्याउनुपर्ने, विस्फोट र स्पार्कको जोखिम रोक्नुपर्ने कुरामामा जोड दिएको बिजनेश न्यूजले जनाएको छ।
प्रकाशित: १६ आश्विन २०७९, आईतवार