मेटा सीईओ जुकरबर्ग सानोछँदा खेलेको बेसबल कार्ड १०५ हजार डलरमा बिक्री

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
मेटा सीईओ जुकरबर्ग सानोछँदा खेलेको बेसबल कार्ड १०५ हजार डलरमा बिक्री

काठमाडौं ।

फेसबुकको सञ्चालक संस्था मेटाका सीईओ मार्क जुकरबर्गले बाल्य अवस्थामा खेल्दा प्रयोग गरेको बेसबल कार्ड १०५ हजार अमेरिकी डलरमा बिक्री भएको छ।

बेसबल क्याम्प काउन्सिलर एल्ली टारान्टीनाले रकमका लागि जुकरबर्गको पुरानो फोटो बेच्न बाध्य भएकोले लिलामी राखेर सोही रकममा लिलामी गर्नुपरेको मार्केट वाचले जनाएको छ।

मार्केट वाचका अनुसार धितो तिर्न र छोराछोरीको शिक्षामा खर्च गर्ने रकम अभाव भएकाले आफूसँग भएको मार्कको फोटो लिलामीमा राख्नु परेको क्याम्प काउन्सिलर एल्लीले उल्लेख गरेका छन्।

मार्क जुकरबर्गको लिटिल लिग बेसबल कार्ड एक लिलामीम १०५ हजार अमेरिकी डलरमा बिक्रि गरेको मार्केट वाचले जनाएको छ।

जुकरबर्ग ८ वर्षको हुँदा उनी सहभागि यूयोर्कस्थित बेसबल क्याम्पको टारान्टीनो सल्लाहकार थिए।

सल्लाहकार टारान्टीनोले जुकरबर्गलाई हौसला दिदै ठूलो खेलाडी भनि प्रशंसा गर्नुका साथै कार्डमा हस्ताक्षर गर्न आग्रह गरेका थिए।

खेलाडी मार्कको फोटो सहितको हस्ताक्षर कार्ड अहिले रकम अभावका कारण लिलामी राखी बेच्नुपरेको टारान्टीनोले उल्लेख गरेका छन्।

१५ दिन अघि यही सेप्टेम्बर १५ तारिखमा जुकरबर्गकी कलेजकी गर्लफ्रेण्ड जेनिफर ग्वेनले जुकरबर्गककै १५ वटा तस्बिर १ लाख ६५ हजार अमेरिकी डलरमा लिलामी गरेकी थिइन्।

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार