
काठमाडौं ।
नेपालीहरुको महान चाड बडा दशैं र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्यूआरमार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रदान गर्ने भएको छ।
यो योजना आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने जनाएको छ।
यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन्।
प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार