आईफोन १४ सिरिजको माग घट्यो, उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल

  • Technology Khabar | १३ आश्विन २०७९, बिहीबार
आईफोन १४ सिरिजको माग घट्यो, उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल

काठमाडौं ।

एप्पल आईफोन १४ सिरिजको माग अपेक्षा भन्दा कम भएको ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ। एप्पलले अपेक्षा गरे अनुसार आईफोन १४ सिरिजको बिक्री बृद्धि हुन सकेन।

योसँगै कम्पनीले सन् २०२२ मा उत्पादन बढाउने योजना त्यागेको छ। रिपोर्टका अनुसार एप्पपले आफ्ना आपूर्तिकर्ताहरुलाई एसेम्बली बढाउने योजना फिर्ता लिन भनेको छ। एप्पलले २०२२ मा ६० लाख यूनिट आईफोन १४ सिरिज एसेम्बली बढाउने योजना बनाएको थियो।

एप्पलले गत वर्षको जस्तै यस अवधिमा ९० लाख युनिटहरु उत्पादन गर्न आफ्नो आपूर्तिकर्ताहरुलाई बनेको छ। स्रोतका अनुसार आईफोन १४ सिरिज अन्तर्गत आईफोन १४ प्रोको माग उच्च छ।

प्रकाशित: १३ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha Nepal celebrates love with “Maya Sanga Maya ko Yatra” nationwide Valentine’s campaign

  • Technology Khabar
  • १३ आश्विन २०७९, बिहीबार