
काठमाडौं ।
चितवनका युवाहरूले विद्युतको ‘डिजिटल स्मार्ट स्वीच’ प्रविधिको उत्पादन गरेका छन् ।
नवलपुरको गैँडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजबाट बीई इलेक्ट्रिकल इञ्जीनियरिङ पढेका ३ जना युवाहरुले विद्युत्को डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गरेका हुन्। अब यसलाई निरन्तरता दिने उनिहरुले जनाएका छन्।
स्वीचलाई ३ ओटा माध्यमबाट नियन्त्रण गर्न सकिने गरी प्रविधि विकास गरिएको ती ३ युवाहरु माडीका जीवन दबाडी, सप्तरी राजविराजका सुनिलकुमार यादव र बारा निजगढका सागर तिमिल्सिनाले जनाएका छन्।
डिजिटल स्मार्ट स्वीचलाई औँलाले छोएर, रिमोर्टबाट तथा मोबाइल एप्समार्फत विद्युतीय उपकरणको सञ्चालन तथा बन्द गर्न सकिने भएको छ।
डिजिटल स्मार्ट स्वीच बोर्डको ‘डिजाइन तथा सफ्टवेयर’को विकास गरेको उनिहरुको दाबी छ।
भरतपुर–१६ मोहनपुरमा जग्गा भाडामा लिएर २८ लगानीकर्ताको १० करोड रुपैयाँको लगानीमा डिजिटल स्मार्ट स्वीच बोर्डको उद्योग सञ्चालन गरिएको हो।
दैनिक र्५ हजार ५ सय डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गर्ने क्षमता रहेको रहेकोले दशैं पछि निरन्तरता दिने युवाहरुको जोड छ।
बत्ती, पंखा, फ्रिज, टिभीलगायतका सम्पूर्ण विद्युतीय उपकरणलाई मोबाइल एप प्रयोग गरी फोनको सहायताले चलाउन वा बन्द गर्न मिल्ने सुविधासमेत स्मार्ट स्वीचमा रहेको छ।
प्रकाशित: १० आश्विन २०७९, सोमबार