बाल्ट्राको सुन जित्ने दशैं अफर

  • Technology Khabar | १० आश्विन २०७९, सोमबार
बाल्ट्राको सुन जित्ने दशैं अफर

काठमाडौं ।

बाल्ट्राले दशैं चाडपर्वको अवसर पारेर ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ।

योजनाअन्तर्गत बाल्ट्राको कुनै पनि उत्पादन किन्दा लक्की ड्रमार्फत हरेक हप्ता ५ जनाले इन्डक्सन कुकिङ सेट जित्न सक्ने बाल्ट्राले जनाएको छ।

साथै बम्परमा ५ जनाले १/१ तोला सुन जित्न सक्नेछन्। नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेताबाट बाल्ट्राका जुनसुकै उत्पादन खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुनसक्ने छ।

योजनामा सहभागी हुनको लागि बाल्ट्रा लेखी एक स्पेस दिएर बीबीबी लेखी फेरि एक स्पेस दिएर भ्याट वा विल नम्बर लेखी पुनः एक स्पेस दिएर क्रेताको नाम उल्लेख गरी ३१००७ मा एसएमएस गर्नुपर्ने हुन्छ।

उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्नेछ।
साथै उपहारमा लागू हुने कर विजेता आफैँले व्यहोर्नुपर्ने बाल्ट्राले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार