‘रकेट साइन्स क्याम्प–२०२२’ सम्पन्न

  • Technology Khabar | १० आश्विन २०७९, सोमबार
‘रकेट साइन्स क्याम्प–२०२२’ सम्पन्न

काठमाडौं ।

नेपालको आफ्नो रकेटबाट अन्तरिक्षमा अन्तरिक्षयान पठाउने लक्ष्यसहित स्थापना भएको अन्तरिक्ष कम्पनी नियर एयरोस्पेसले आयोजना गरेको ‘रकेट साइन्स क्याम्प २०२२’ सम्पन्न भएको छ।

विभिन्न स्कूलका विद्यार्थीहरुलाई रकेट निमार्णसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले २ दिने कार्यशाला नियर एयरोस्पेसले आयोजना गरेको थियो।

काठमाडौंको धुम्बराहीमा आयोजित यस कार्यशालामा शिवपुरी माध्यमिक विद्यालय, धुम्बराही माध्यमिक विद्यालय र बाँसबारी माध्यमिक विद्यालयका २० जना विद्यार्थी सहभागी रहेका थिए।

नियर एयरोस्पेससँगै दि स्क्वाड अफ चेन्जमेकरसमेत यस कार्यशालाको आयोजक रहेको थियो।

कार्यशालामा विद्यार्थीहरुले ५ फिट उचाइ र ४ इन्च व्यासको रकेट निमार्ण गरेका छन्। तीन विद्यालयका २० जना विद्यार्थीहरुले रकेटबाहेक फ्लाइट कम्प्युटर, रकेट मोटर, प्यारासुट निष्कासन हुने प्रणाली बनाउन सिकेका छन्।

यस्तै उनीहरुले रकेलाई पूर्णरुपमा एसेम्बल गर्न समेत सिकेका छन्।
यस कार्यक्रमलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), बेलायतको ओरेल पार्क होटल र अनलाइन पाठ्य सामग्री रहेको नेपालको शैक्षिक नेटवर्किङ पोर्टल कुल्याब्स डटकमले सहयोग गरेको छ।

कार्यक्रममा रकेट र यसका उपकरण बनाउन आवश्यक प्रविधि र सल्लाहकार एवं विज्ञहरु नियर एयरोस्पेसबाट आएका थिए।

नियर एयरोस्पेसले सन् २०२४ सम्म नेपालको आफ्नै रकेटबाट नेपाली अन्तरिक्षयानलाई अन्तरिक्षमा पुर्याउने लक्ष्य राखेको छ।

प्रकाशित: १० आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • १० आश्विन २०७९, सोमबार

DipArtha hosts interaction program

  • १० आश्विन २०७९, सोमबार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • १० आश्विन २०७९, सोमबार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • १० आश्विन २०७९, सोमबार

Two hundred thousand online betting apps closed

  • १० आश्विन २०७९, सोमबार