क्यूआर र पोसबाट किनबेच गर्दा वाणिज्य बैंकले पैसा फिर्ता दिने

  • Technology Khabar | १० आश्विन २०७९, सोमबार
क्यूआर र पोसबाट किनबेच गर्दा वाणिज्य बैंकले पैसा फिर्ता दिने

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैकले दसैं, तिहार, नेपाल सम्वत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको छ।

बैंकले पोइन्ट अफ सेल (पोस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक) हुने अफर ल्याएको हो।

यो योजना सोमबार असोज १० देखि १३ कात्तिकसम्म लागू हुने छ।
नेपालभर विभिन्न व्यवसायमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ।

यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा ५ सय रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७ सय ५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजार रुपैयाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने बैंकले जनाएको छ।

यसैगरी, आगामी १४ असोजसम्म र २ देखि ६ कात्तिकसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा सय रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुनेछ।

प्रकाशित: १० आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • १० आश्विन २०७९, सोमबार

DipArtha hosts interaction program

  • १० आश्विन २०७९, सोमबार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • १० आश्विन २०७९, सोमबार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • १० आश्विन २०७९, सोमबार

Two hundred thousand online betting apps closed

  • १० आश्विन २०७९, सोमबार