पब्जी मोबाइल प्रो लिगः स्टलवार्ट लिग च्याम्पियन

  • Technology Khabar | १० आश्विन २०७९, सोमबार
पब्जी मोबाइल प्रो लिगः स्टलवार्ट लिग च्याम्पियन

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशियाको लिग च्याम्पियन मंगोलियाको गडलाइक स्टलवार्ट भनेको छ। करिब एक महिना सञ्चालन भएको लिग चरणमा सर्वाधिक अंक हासिल गर्दै स्टलवार्ट लिग च्याम्पियन बन्न सफल भएको हो।

स्टलवार्टले लिग चरणमा खेलिएको ६३ खेलमा १० ओटा चिकेन डिनर पनि लिन सफल भएको थियो। स्टलवार्टले ३३५ प्लेसमेन्ट प्वाइन्ट र ३२० इलिमिनेसन प्वान्ट सहित ६५५ अंक प्राप्त गरेको हो।

दोस्रो स्थानमा नेपाली टिम डीआरएस गेमिङ रहन सफल भएको छ। डीआरएसले लिग चरणमा ६ ओटा चिकन डिलर लिएको थियो। डीआरएसले ३४४ प्लेसमेन्ट प्वाइन्ट र २९४ इलिमिनेसन प्वान्ट सहित ६३८ अंक प्राप्त गरेको छ।

तेस्रो स्थानमा मंगोलियाको डीई वारियर्स रहन सफल भएको छ। डीई वारियर्सले २५८ प्लेसमेन्ट प्वाइन्ट र ३२७ इलिमिनेसन प्वान्ट सहित ५८५ अंक प्राप्त गरेको छ।

पीएमपीएलको लिग चरणको खेल भदौ १४ गतेदेखि शुरु भएको थियो। उक्त प्रतियोगितामा साउद एशिया क्षेत्रका उत्कृष्ट २० पब्जी टिमको सहभागीता रहेको थियो। लिग चरणमा शीर्ष १६ स्थानमा रहन सफल टिम असोज १४ देखि १६ गतेसम्म फाइनल प्रतिस्पर्धा हुनेछ।

२० टिमलाई ५ वटा समूहमा विभागजन गरिएको छ। एक दिनमा ५ खेल खेलाइएको थियो र सबै टिमले ४र४ खेल खेलेका थिए। एक हप्तामा खेलिने २० खेलबाट शीर्ष १२ स्थानमा पर्ने टिमले एउटा अतिरिक्त लिभिक खेल खेल्न पनि खेलेका थिए।

प्रतियोगितमा नेपालका ११ टिमको सहभागीता थियो। नेपाली ११ टिममध्ये १० ओटा टिम फाइनलका लागि छनोट भएका छन्। बाँकी ६ टिममध्धे ४ ओटा मंगोलिया र बंगलादेशका टिम फाइल पुगेका छन्। फाइनल पुग्न नसक्ने एक मात्र नेपाली टिम डीए एट्याक्स ईस्पोर्टस् रहेको छ।

फाइनलमा पहिलो स्थान हासिल गर्ने टिमले उपाधीसँगै १० हजार अमेरिकी डलर प्राप्त गर्नेछ। दोस्रो हुने टिमले ६ हजार ५०० अमेरिकी डलर र तेस्रो हुने टिमले ४ हजार ५०० अमेरिकी डलर प्राप्त गर्नेछन्।

फाइनमा पुग्ने सबै टिमले अंक तालिकामा आधारमा पुरस्कार राशी प्राप्त गर्नेछन्।

लिग चरणको अंक तालिका

प्रकाशित: १० आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • १० आश्विन २०७९, सोमबार

DipArtha hosts interaction program

  • १० आश्विन २०७९, सोमबार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • १० आश्विन २०७९, सोमबार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • १० आश्विन २०७९, सोमबार

Two hundred thousand online betting apps closed

  • १० आश्विन २०७९, सोमबार