
काठमाडौं ।
आइएमई पे र फोन पेबीच समझदारी भएको छ। सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे ।
समझदारी अनुसार क्युआर स्क्यानमा रू. १,००,००० सम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।
नेपालको महान चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस मार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा रु. १,००,००० जित्ने मौका पाउनेछन्।
यसको साथै यहि असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तममा रु. १००) पनि प्राप्त गर्न सक्नेछन्।
समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पुर्याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन्।
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार