इसेवा मनि ट्रान्सफरको घर जित्ने नयाँ अभियान

  • Technology Khabar | ७ आश्विन २०७९, शुक्रबार
इसेवा मनि ट्रान्सफरको घर जित्ने नयाँ अभियान

काठमाडौं ।

स्थापना कालको छोटो समयमै, वैधानिक, सुरक्षित र डिजिटल माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नेपालमा रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ।

आज असोज ७ गतेबाट सुरु भएर फाल्गुन ६ सम्म जारि रहने यो अभियान परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोवारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ सुरु गरिएको हो।

यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो जनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउनका लागि पनि ६ महिने अभियान सुरू गरिएको कम्पनीले जनाएको छ।

मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाख भन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने छन्।

साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोहीले पनि सहभागिता जनाउन सक्ने छन्।

यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म डेढ लाख बराबरको आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्न सक्ने छन्।

देश डिजिटल बनाउने अभियानमा जोड्न अभियान सुरू गरेको इसेवा मनी ट्रान्सफरले जनाएको छ।

आर्थिक विकास बिना कुनैपनि राष्ट्र समुन्नत बन्न सक्दैन र आर्थिक विकासका लागि देश भित्र र बाहिर रहेका सबै नेपालीको योगदान उत्तिकै महत्वपुर्ण छ,’ उनले भने, ‘रेमिट्यान्स नेपाली अर्थतन्त्रकै महत्त्वपूर्ण हिस्सा रहेको हुनाले विदेशबाट पैसा पठाउने नेपालीको देश विकासमा भूमिका अतुलनिय हुने इसेवा मनी ट्रान्सफरको भनाई छ।

इसेवा मनी ट्रान्सफर स्थापना कालदेखि नै रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क कम गर्दै डिजिटल करोबारका लागि समर्पित रहिआएको इसेवा मनी ट्रान्सफरले दाबी गरेको छ।

यसैगरी ईसेवा मनी ट्रान्सफरका ब्राण्ड एमबास्डर महानायक राजेश हमालले यस अभियानसँग जोडिएर इसेवा मनी ट्रान्सफरसंगै देश तथा विदेशमा गइ डिजिटल रेमिट्यान्स सम्बन्धि जागरुकता जनाउने कार्यक्रममा सहभागिता जनाउनु सक्ने बताएका छन्।

अभियान बारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागि हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउने उल्लेख गरे।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Budget 2083/84: IT leaders urge clear PPP modality and infrastructure support to realize ‘Sovereign AI’

  • Technology Khabar
  • ७ आश्विन २०७९, शुक्रबार