
काठमाडौं ।
गुगलले ३० अमेरिकी डलरभन्दा कममा गुगल टिभीका साथ एचडी क्रोमकास्ट सुरु गरेको छ।
गुगलले आधिकारिक रूपमा आफ्नो क्रोमकास्ट स्ट्रिमिङ उपकरणको नयाँ किफायती संस्करण टिभीहरूलाई कनेक्टेड स्मार्ट टिभीहरूमा रूपान्तरण गर्नका लागी जारी गरेको छ।
गुगल टिभी (एचडी) सँगको पछिल्लो क्रोमकास्टमा २०२० मा लन्च गरिएको क्रोमकास्ट विथ गुगल टिभी (४के) जस्तो ४के क्षमता वा डल्बी एटमस ध्वनि छैन । तर यसले प्रयोगकर्ताहरूलाई हजारौं समर्थित एपहरूमा पहुँच र स्मार्टफोनबाट मिडिया कास्ट गर्ने क्षमता दिन्छ।
क्रोमकास्ट स्ट्रिमिङ उपकरणको नयाँ किफायती संस्करणको मूल्य २९.९९अमेरिकी डलर तोकिएको छ।
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार