Technology Khabar २९ चैत्र २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, २९ चैत । भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्स र ई कमर्श कम्पनी फ्लिपकार्टले संयुक्तरुपमा स्मार्टफोन बजारमा ल्याउने तयारी गरेका छन् ।
दुबै भारतीय कम्पनीहरु मिलेर बजेट स्मार्टफोन ल्याउन लागेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टकाअनुसार दुबै कम्पनीहरुले ६ हजारदेखि १२ हजार भारतीय रुपैयाँसम्म स्मार्टफोन ल्याउने करार गरेका छन् ।
यो स्मार्टफोन फ्लिपकार्टसँग मिलेर ल्याउने हुँदा केबल यो इकमर्श साइटमा मात्र उपलब्ध हुनेछ ।
दुबै कम्पनीले ल्याउन लागेको यो स्मार्टफोन आगामी साता बजारमा आउने अनुमान गरिएको छ ।
दुबै कम्पनीद्धारा विकास गरिएको यो स्मार्टफोनको ब्राण्ड नाम भने इभोक हुनेछ । माइक्रोम्याक्सले यसअघि पनि इभोक सिरिजको स्मार्टफोन बजारमा ल्याएको थियो, जून निकै सस्तो फोनको रुपमा आएको थियो ।
भारतीय बजारमा रहेका बजेट ग्राहकहरुलाई ध्यानमा राखेर माइक्रोम्याक्सले नयाँ स्मार्टफोन ल्याउन लागेको हो । दुबै कम्पनीले कतिवटा स्मार्टफोनहरु ल्याउँछन भन्ने कुनै जानकारी नभएपनि माइक्रोम्याक्सलाई अनलाइन शेयर बढाउन सहयोग हुनेछ भने फ्लिपकार्टलाई पनि बजेट फोनमा ध्यान केन्द्रित गर्न सहयोग हुनेछ ।
एजेन्सी
प्रकाशित: २९ चैत्र २०७३, मंगलवार