
काठमाडौं ।
ट्राफिक जरिवाना भुक्तानी डिजिटल वालेटबाट हुने भएको छ।
ट्राफिक प्रहरी कार्यालय र आइएमई पेबीच बुधबार भएको सम्झौता अनुसार अबदेखि आइएमई पेको निरन्तरता बढाउँदै डिजिटल वालेटबाट गर्ने भएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरी र आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतबीच भएको सम्झौता अनुसार अबदेखि डिजिटल प्रविधिको प्रयोगद्वारा भुक्तानी गर्ने सहमती भएको हो।
डिजिटल वालेट आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेटको भूमिका बढाउँदै लैजानु पर्ने बताए।
ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उदेश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताइन्।
प्रकाशित: ५ आश्विन २०७९, बुधबार