क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको बोर्ड अफ डाइरेक्टर्समा निर्वाचित

  • Technology Khabar | २ आश्विन २०७९, आईतवार
क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको बोर्ड अफ डाइरेक्टर्समा निर्वाचित

काठमाडौं ।

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (विट्सा)को सन् २०२२ (२४ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित छन्।

गत हप्ता बसेको विट्साको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरासिया सो पदमा आफ्नो तेश्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन्। । यसअघि उनी सन् २०१८-२० कार्यकालको निम्ति क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित भएका थियो भने सन् २०२०-२२ कार्यकालमा कोषाध्यक्ष थिए। चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए।

द नेशनल टेक एसोसियशन अफ मलेशिया (पिकोम)का अध्यक्ष डा. शिन सीहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा ५ महादेशवाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हंगकंग, बहराईन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बङ्गलादेश, जापान, ताईवान, ईजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन्।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विट्सा, विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ ।
चौरासिया बोर्ड अफ डाइरेक्टरमा निर्वाचित हुनुभएकोमा क्यान महासंघ उनको सफल कार्यकालको कामना गर्दछ। साथै, विट्सामा उनको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सुचना तथा संचार प्रविधि तथा देश विकाशको नयाँ रणनीतिक स्तम्भको रूपमा स्थापित गर्ने क्यान महासंघको प्रयासमा मदत पुग्ने विश्वास क्यान महासंघको रहेको छ।

प्रकाशित: २ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार