
काठमाडौं ।
दशैंका लागि असोज १ गतेशनिबारदेखि खुल्ने बसको टिकट बुकिङ मोबाइलबाटै गर्न सकिने भएको छ।
नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि शनिबारदेखि खुल्ने अग्रिम टिकट बुकिङ सुरू गरेको जनाएको छ।
कम्पनीका अनुसार यात्रुहरूले नेपालका कुनै पनि गन्तव्यका टिकट आफ्नो मोबाइलमार्फत सहजै काट्न सकिनेछ। साथै दशैैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बस सेवाबाटै टिकट काट्न सक्नेछन्।
बस सेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिने कम्पनीले जनाएको छ। यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसननबाट टिकट बुकिङ गर्न सक्नेछन्।
यात्रुहरूले असोज १ गतेदेखि मोबाइलदेखि नै आफ्नो गन्तब्यको टिकट काट्न सक्नेछन्। अनलाइन टिकट सुविधाबारे यसपालिको दशैंदेखि यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाएको हो।
यस पटक अनलाइन सिस्टममा पर्याप्त टिकटको व्यवस्था भएकाले घरबाटै टिकट बुकिङ गर्न समेत बस सेवा प्रदायकहरुले जनाएका छन्।
अनलाइनबाट टिकट काट्न इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन्।
देशभर रहेका इसेवाका १ लाख ५० हजार भन्दा बढि एजेन्ट नेटवर्कबाट समेत टिकट काट्न सकिनेछ।
साथै खल्ती, आइएमईपेका एजेन्ट नेटवर्कंका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिने बताइएको छ।
प्रकाशित: १ आश्विन २०७९, शनिबार