आइएमई पेबाट हिमाल डेन्टलको भुक्तानी गर्दा फ्ल्याट १५% छुट

  • Technology Khabar | १ आश्विन २०७९, शनिबार
आइएमई पेबाट हिमाल डेन्टलको भुक्तानी गर्दा फ्ल्याट १५% छुट

काठमाडौं ।

आइएमई पे र हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ ।

सम्झौता अनुसार महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाइने छ।

हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौता मार्फत प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने “डिजिटल दशैँ तिहार २०७९” क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सकिने छ।

प्रकाशित: १ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×