
काठमाडौं ।
होन्डाले सन् २०२५ सम्म १० वटा मोडलको विद्युतीय मोटरसाइकल सार्वजनिक गर्ने भएको छ।
होन्डाले अहिले वार्षिक १ करोड ५० लाख देखि देखि २ करोड वटा मोटरसाइकल विश्वव्यापी रूपमा बिक्री गर्दै आएको जनाएको छ।
होन्डा दुई पांग्रे सवारी उत्पादन गर्ने कम्पनीमध्ये सबैभन्दा ठूलो उत्पादक कम्पनी रहेकाले हालै विद्युतीय मोटरसाइकल बनाउने घोषणा गरेको दी इकोनोमिक टाइम्सले जनाएको छ।
दी इकोनोमिक टाइम्सका अनुसार होन्डा कम्पनीले सन् २०२५ सम्म १० वटा वा सोभन्दा बढी मोडलको विद्युतीय मोटरसाइकलको सार्वजनिक घोषणा गर्दै सन् २०३० सम्म ३० लाख बढी बिक्रि गर्ने समेत लक्ष्य राखेको छ।
होन्डाले ११ नयाँ मोडलका मोटरसाइकलको तस्वीर पनि सार्वजनिक गरेको छ।
कम्पनीले सानो आकारमा बनाउने मोडलको मोटरसाइकल दक्षिण–पूर्वी एशियाली राष्ट्रहरू, भारत र चिनियाँ बजारमा केन्द्रित गर्ने बताएको छ।
होन्डाले मोटरसाइकलहरू सन् २०२४ र २०२५ भित्र जापान, अमेरिका र युरोपको बजारमा लाने योजनामा छ।
विद्युतीय मोटरसाइकल निर्माणमा सक्रियतासँगै होन्डाले आफ्नो इन्जिनयुक्त उत्पादनहरूलाई निरन्तरता दिदै सन् २०४० सम्म भने आफ्ना सबै उत्पादनहरूलाई बीना कार्बर्न निर्माण गर्ने योजनामा रहेको छ।

प्रकाशित: १ आश्विन २०७९, शनिबार