
काठमाडौं ।
नक्कली फेसबुक पेज बनाई अनलाइनबाट ठगी इटहरीका प्रशिन चौधरी पक्राउ परेका छन्।
सुनसरी इटहरी उपमहानगरपालिका–११ खनार बस्ने २३ वर्षीय चौधरीले सामाजिक सञ्जाल फेसबुकमा टि-मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
आईफोन १३ प्रो मोबाइल सेट सस्तो रहेको, यो १ लाख १५ हजार रुपैयाँमा बिक्री गर्ने भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न व्यक्तिहरूको ई–सेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरमा फेला पारी प्रहरीले पक्राउ गरेको र ठगी कसूरमा आवश्यक कारवाही एवं अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार